नेपाल टेलिकमले आफ्नो सर्भरमा ह्याक नभएको बताएको छ।
ह्याकर समूहद्वारा आक्रमण गरिएको भन्ने खबर आएपछि कम्पनीले शंकास्पद डिभाइस बन्द गरेर छानविन सम्पन्न गरिएको टेलिकमले जानकारी दिएको छ।
छानविनबाट ह्याक भएर कुनै पनि डेटा चोरी भएको नदेखिएको टेलिकमले बताएको छ।
'कम्पनीका सम्बन्धित विज्ञहरुबाट विस्तृत छानविन पश्चात कम्पनीको कुनैपनि डाटा चोरी नभएको र समाचारहरुमा उल्लेख गरिएको दाबीमा कुनैपनि सत्यता नरहेको निष्कर्ष निकालिएको वास्तविकता ग्राहकवर्गमा जानकारी गराउन चाहन्छौं' टेलिकमले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
ग्राहकसँग सम्बन्धित डाटा सुरक्षित राख्न सुरक्षात्मक संयन्त्रहरु अपनाउँदै आइरहेको र आगामी दिनमासमेत ग्राहकका विवरणहरु सुरक्षित राख्नका लागि कम्पनी प्रतिबद्ध रहेको टेलिकमले जानकारी दिएको छ।