भिभोको भी–२१ स्मार्टफोन अग्रिम बुकिङ गर्न पाइने भएको छ। कम्पनीले आगामी सोमबारसम्म अग्रिम बुकिङ खुला गरेको छ।
अग्रिम बुकिङ गर्ने ग्राहकले एयरबड्स र स्मार्टफोन माउन्ट (फोनलाई अड्याउन उपकरण)पाउँनेछन्।
अग्रिम बुकिङ्ग गर्न चाहने ग्राहकले २ हजार रुपैयाँ सहित आफ्नो विस्तृत विवरण भरेर बुझाउनु पर्ने कम्पनीले बताएको छ।
उक्त विवरण सम्बन्धित विक्रेता कहाँ बुझाएर त्यसको अर्धकट्टी ग्राहकले आधा र विक्रेताले आधा राख्नेछन्।
कम्पनीका अनुसार यो स्मार्टफोनमा बढी सेल्फी क्यामरालाई जोड दिइएको छ। कम उज्यालोमा पनि यसले स्पष्ट फोटो खिच्न सघाउँछ।