सामसङले यो वर्षको नयाँ संस्करणमा ‘ग्यालेक्सी एम २१–२०२१’ स्मार्टफोन सार्वजनिक गर्ने भएको छ।
कम्पनीले गत मार्चमा एम सिरिज अन्तर्गत ‘ग्यालेक्सी एम–२१’ ल्याएको थियो। यसैको अपडेटेड फिचरका साथ ग्यालेक्सी एम २१–२०२१ उत्पादन गरेको हो। यो स्मार्टफोन यही बुधबार भारतमा सार्वजनिक हुन लागेको टाइम्स अफ इन्डियाले बताएको छ।
यो स्मार्टफोन ६.४ इन्चको टचस्क्रिन डिस्प्ले साथ आउने छ। यो फोनमा तीनवटा क्यामरा हुनेछ, जसमा मूख्य क्यामरा ४८ मेगापिक्सलको हुनेछ। यसको अगाडीपट्टि भने २० मेगापिक्सलको सेल्फी क्यामरा हुने कम्पनीले बताएको छ।
टाइम्स अफ इन्डियाका अनुसार यो स्मार्टफोनमा रियर–माउन्टेड फिंगरप्रिन्ट सेन्सर हुनेछ। यसमा भएको ६ हजार एमएएचको ब्याट्री पावरले फोन चाडैँ चार्ज हुन सघाउँछ।
यो स्मार्टफोन सामसङले नै उत्पादन गरेको एक्सीनोस ९६११ प्रोसेसरले बनेको छ। डबल सिम फिचर भएको यो फोनमा फोजी नेटवर्कको पनि सुविधा छ।
यो स्मार्टफोन आर्कटिक ब्लु र चारकोल ब्ल्याक गरेर दुई रङमा उपलब्ध हुनेछ। यो जुलाई २१ देखि भारतको ‘अमेजन इन्डिया’ वेबसाइटमा बिक्रीका लागि जानेछ।
यसको मूल्य बीस हजारभन्दा कम हुनसक्ने टाइम्स अफ इन्डियाले जनाएको छ।