सामसङले आफ्नो नयाँ फोल्डएबल फोन आउँदो अगस्ट ११ मा सार्वजनिक गर्ने भएको छ।
सिनेटका अनुसार मंगलबार कम्पनीले आयोजना गरेको पत्रकार सम्मलेनको क्रममा अगस्ट ११ मा भर्चुअल अनप्याक्ड इभेन्ट गर्ने, जसमा थुप्रै नयाँ उपकरण सार्वजनिक हुने घोषणा गरेको हो।
एक महिनापछि हुने भर्चुअल कार्यक्रममा सामसङले कस्ता उपकरण सार्वजनिक गर्ने भनेर खुलासा गरेको छैन। तर यसको नयाँ पोस्टरमा देखिएअनुसार नयाँ फोल्डएबल फोन ‘ग्यालेक्सी जेड फोल्ड–३’ र ‘ग्यालेक्सी जेड फिल्प–३’ सार्वजनिक हुन सक्ने अनुमान छ।
पोस्टरमा फोल्डएबल फोनको डिजाइन जस्तै देखिने दुईवटा चित्र देखिन्छ। चित्रको माथि ‘गेट रेडी टु अनफोल्ड’ भनेर क्याप्सन लेखिएको छ। यसले कम्पनीले फोल्डअेबल फोन नै ल्याउन लागेको हो भनेर प्रष्ट बुझिन्छ।
यसअघि पनि नयाँ ‘ग्यालेक्सी जेड फोल्ड–३’ र ‘ग्यालेक्सी जेड फिल्प–३’ फोनका जानकारीहरु इन्टरनेटमा लिक भइरहेको थियो। अन्डर डिस्प्ले क्यामरा हुने यी फोल्डअेबल फोनले एस पेन प्रो सर्पोट गर्ने सिनेटले बताएको छ।
दुई नयाँ फोल्डएबल फोनसँगै सामसङले नयाँ ‘ग्यालेक्सी बड्स–२’ र ‘ग्यालेक्सस् वाच–४’ सार्वजनिक गर्ने रिर्पोटले जनाएको छ।
कम्पनीले आयोजना गर्ने भर्चुअल कार्यक्रम सामसङको आधिकारिक वेबसाइटमा गएर हेर्न सकिन्छ।