सामसङको ग्यालेक्सी एफ २२ को प्रि–बुकिङ खुलेको छ। ग्यालेक्सी एफ २२ बुधबारदेखि दराजमार्फ प्रि–बुकिङ गर्न सकिन्छ। मोबाइलको प्रि–बुकिङकै लागि दराज र सामसङबीच सम्झौता भएको हो।
ग्यालेक्सी एफ २२ नेपाली बजारमा प्रतिक्षित एफ संस्करणको मोबाइल हो।
सामसङ ग्यालेक्सी एफ २२ मा अक्टा–कोर मिडियाटेक हेलिओ जि८० प्रोसेसर छ। मोबाइलमा २ कोर्टेक्स ए७६ कोर र ६ कोर्टेक्स ए५५ कोर जस्ता विशेषताहरू छन्।
त्यस्तै मोबाइलमा ६.४ इन्चको अमोल्ड डिस्प्ले छ। जसले मोबाइललाई चलाउन सजिलो बनाउँछ। यसको स्क्रिनमा भएको कर्निङ गोरिला ग्लास ५ ले स्क्रिन चर्किन वा फुट्नबाट सुरक्षा प्रदान गर्छ।
सामसङ ग्यालेक्सी एफ २२ मा ६ हजार एमएएचको ब्याट्री क्षमता छ। फोनसँगै १५ वाटको इन–बक्स युएसबी–सि चार्जर पाइन्छ। जसले २५ वाटको फास्ट चार्जिङलाई सपोर्ट गर्छ।
मोबाइलमा क्वाड क्यामेरा छ। यसमा ४८ एमपी वाइड क्यामेरा, २एमपी म्याक्रो, २ एमपी डेप्थ र ८ एमपी अल्ट्रावाइड क्यामेरा छ। यसमा साइड–माउन्टेड फिङ्गरप्रिन्ट स्क्यानर र फेस रिकग्निसन प्रविधि छ।
सामसङ ग्यालेक्सी एफ २२ दराजमा प्रि–बुकिङको लागि उपलब्ध छ। मोबाइल जुलाई २७ देखि भने सिपिङको लागि उपलब्ध छ।
यो मोबाइल शून्य प्रतिशत ब्याजदरमा मासिक रूपमा किस्ता तिरेर पनि खरिद गर्न सकिन्छ।
ग्यालेक्सी एफ २२ दुई भेरियन्टमा उपलब्ध छ। ४ जीबी र्याम र ६४ जिबी स्टोरेज भएको एफ २२ को नेपाली बजार मूल्य २० हजार ४ सय ९९ तोकेको छ। ६ जीबी र्याम र १२८ जिबी स्टोरेज भएको एफ २२ को बजार मूल्य २३ हजार ९ सय ९९ रुपैयाँ तोकेको छ।