स्मार्टफोन कम्पनी रियलमीले रियलमीवाच ‘एस’ भेरियन्ट घडी सार्वजनिक गरेको छ। यो रियलमीको गोलो स्क्रिनमा उपलब्ध हुने दोस्रो स्मार्ट घडी हो।
रियलमी वाच ‘एस’ स्मार्ट घडीले मुटुको वास्तविक गति मापन गर्ने कम्पनीले जनाएको छ। शरीरको. अक्सिजनको स्तरसमेत मापन गर्न सक्छ। नेपाली बजारमा यसको मूल्य ९ जार ९ सय ९९ निर्धारण गरिएको छ।
रियलमी वाच‘एस’ घडी ३.३ सेमिको फराकिलो टच स्क्रिनसहित रगिंन ३६०एक्स३६० पिक्सल (२७८ पीपीआई) उच्च रिजोलुसनमा उपलब्ध छ। यो घड झट्ट हेर्दा पनि आकर्षित देखिने कम्पनीको भनाइ छ।
उक्त घडीमा ५ तहको स्वचालित ब्राइटनेस उपलब्ध छ। जसले गर्दा अध्याँरोमा पनि एकदमै उज्यालो हुन्छ।
यसको बडी ६०६३ अलुमिनियमबाट बनेको बताइएको छ। जसले गर्दा घडी बढी मजबूत र कम तौलको रछ। यसको स्ट्राप (पेटी) उच्च स्तरको तरल सिलिकोनले बनेको छ। जुन टिकाउ छ।
कम्पनीका अनुसार कालो, निलो, हरियो र सुन्तला रंग मा यसको स्ट्रापहरु उपलब्ध छन।
रियलमीवाच ‘एस’ घडीबाटै स्वचालित रुपमा फोन अनलक गर्न सकिन्छ।
संगित सुन्न परेमा अथवा फोनको क्यामेरा अन गर्न परे रिमोर्ट कन्ट्रोलको रुपमा यसबाटै गर्न सकिन्छ।
यसैगरी घडीमै कसको फोन आएको हो भन्ने जानकारी पाउन सकिने भएकाले कल उठाउन र काट्न सकिने सुविधा समेत छ।