एप्पलले अर्को वर्ष मिनी एलइडी डिस्प्ले भएको म्याकबुक एयर ल्याउने छ।
एप्पलका विश्लेषक मिङ–ची कुओका अनुसार कम्पनीले सन् २०२२ मा आफ्ना नयाँ म्याकबुक मोडलमा मिनी एलइडी टेक्नोलोजी राख्ने छ।
एप्पलको यो नेक्स्ट–जेनेरेसन म्याकबुक एयरमा १३.३ इन्चको मिनी एलइडी डिस्प्ले हुने मिङ–ची कुओले बताएका छन्। यसअघिका पुराना म्याकबुक एयर मोडलमा १३.३ इन्चको स्ट्यान्डर्ड एलइडी ब्याकलाइटनिङ सहित रेटिना डिस्प्ले छ।
मिनी एलइडी टेक्नोलोजीले नयाँ म्याकबुक एयरको डिस्प्लेमा बढी कन्ट्रास्ट, डिपर ब्ल्याक र उच्च ब्राइटनेस दिने एप्पल इन्साइडरले लेखेको छ। यो टेक्नोलोजी १४ इन्च र १६ इन्च डिस्प्ले भएको म्याकबुक एयर ल्यापटपमा आउन सक्ने मिङ–ची कुओले अनुमान लगाएका छन्।
एप्पलले मिनी एलइडी टेक्नोलोजी पहिलोपटक आफ्नो १२.९ इन्चको आइप्याड प्रो मोडलमा ल्याएको थियो। यो मोडल गत अप्रिलमा सार्वजनिक भएको थियो।
यसैगरी एप्पलले नयाँ आइप्याड मिनी मोडलहरुमा पनि यो डिस्प्ले फिचर ल्याउन सक्ने अनुमान छ। कम्पनीले यी उपकरणमा मिनी एलडी राख्ने वा नराख्ने छलफल गरिरहेको छ। तर, नयाँ म्याकबुक एयर भने यो डिस्प्ले फिचरसहित आउने कुरामा कुओ पक्का छन्।
उनका अनुसार मिनी एलइडी डिस्प्ले भएको म्याकबुक एयर अर्को वर्षको बीचतिर आउने छ।