निमा एकेडेमी फाउन्डेशनले नेपालमा डिजिटल माध्यमबाट हुने सिकाइलाई सहज तथा सुलभ बनाउँदै लिएको छ।
शैक्षिक सामग्री प्रकाशनमा ख्याति कमाएको निमाले पछिल्लो समय डिजिटल सिकाई प्ल्याटफर्मको विकास गरेर उपलब्ध गराइरहेको छ।
कोरोना महामारी सुरु भएपछि व्यापक प्रचलनमा आएको यो माध्यम निमाले सन् २०१८ देखि नै सुरु गरेको थियो।
निमा एकेडेमीमा पाठ्यक्रम विकास केन्द्रको पाठ्यक्रम अनुसार निमा एकेडेमीमा कक्षा १ देखि १० सम्मका कोर्सहरु राखिएको छ।
वेबसाइट र एपबाट प्रयोग गर्न सकिने निमा एकेडेमीबाट इन्टरनेट भएको बेला एपका कन्टेन्टहरू डाउनलोड गरेर अफलाइनमा पनि पढ्न सकिन्छ । अडियो तथा भिडियो दुबै माध्यमबाट कोर्ष डिजाइन भएकाले विद्यार्थीहरुलाई बुझ्न सहज हुने कम्पनीका सिइओ नेहा जोशीले बताइन ।