लुप नेटवर्क प्राली पब्लिक कम्पनीमा रुपान्तरण भएको छ। लुपले पाँच बर्षदेखि प्राइभेट कम्पनीको रुपमा इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको छ।
कम्पनीले दुई बर्षभित्र सर्वसाधारणका लागि समेत प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने योजना लिएको छ। जुन कम्तिमा एक अर्ब रुपियाँ लगानीको हुनेछ।
कम्पनीले यस्तो लगानी पाँच बर्षभित्र गरिसक्ने बताएको छ।
‘आउँदो पाँच बर्षभित्र नम्बर वान आईएसपी (इन्टरनेट सेवा प्रदायक) बन्ने लक्ष्य लिएका छौं। अहिलेको ग्राहक आधारलाई पनि गुणात्मक रुपमा वृद्धि गरी सो समयमा एकदेखि डेढ लाख ग्राहक आधार पुर्याउने हाम्रो लक्ष्य हो’, कम्पनीका अध्यक्ष सतिस पोखरेलले भने।
अहिले लुप नेटवर्कको फाइबरनेट सर्भिस काठमाडौं सहित नवलपरासी, धनुषा लगायतका स्थापनामा विस्तार भएको छ।
लुप नेटवर्कले नयाँ प्रविधिको प्रयोग गर्ने तयारी पनि गरेको छ। कम्पनीले ह्वावे, जेटीई र नोकियामध्ये कुनै एक प्रविधिको डिभाइस प्रयोग गर्नेछ।
अहिलेको प्रतिस्पर्धी समयमा उच्च गुणस्तरको प्रविधिमार्फत अघि बढ्न लागेको कम्पनीको भनाइ छ।