रियलमीले आफ्नो बजारीकरण सशक्त पार्दै नेपाली उपभोक्तामाझ उत्कृष्ट श्रेणीका उत्पादनहरु प्रस्तुत गर्ने घोषणा गरेको छ।
आइतबार एक कार्यक्रम गर्दै रियलमीले विश्वकै उत्कृष्ट प्रविधियुक्त स्मार्टफोनहरु विभिन्न मूल्य श्रेणीमा नेपाली बजारमा ल्याउने तयारी गरेको जानकारी दिएको हो।
आगामी दिनमा रियलमीका स्मार्टफोन शंकर ग्रुपले ल्याउने भएको छ।
भारतमा फाइभजी स्मार्टफोनमध्ये २०२१ को दोस्रो त्रैमासिकमा रियलमीको हिस्सा २३ प्रतिशत छ।
‘रियलमीको उल्लेख्य यात्राको क्रममा यो एक नयाँ आयाम हो, जुन हामी सबैको लागि गर्वको क्षण हो। रियलमीले भारतमा ठूलो सफलता पाएको छ। नेपाली बजारमा पनि नविनतम प्रविधिका उत्पादनहरु उत्कृष्ट मूल्यमा नेपाली उपभोक्ताहरु माझ प्रस्तुत गरेर सफलता हासिल गर्नेमा विश्वस्त छौँ,’ रियलमीका उपाध्यक्ष माधव शेठ भने।
सन् २०२२ सम्ममा रियलमीलाई नेपाली स्मार्टफोन बजारमा उत्कृष्ट दुईमा पुर्याउने लक्ष्य लिएको उनले बताए।कम्पनीले दिएको जानकारी अनुसार विश्वबजारमा यस वर्ष रियलमीको बिक्री एक सय ३५ प्रतिशतले बढेको छ।
रियलमीको उत्पादन श्रेणीमा उत्कृष्ट फोजी फ्ल्यागसिपहरु रियलमी एक्स–३ र एक्स–३ सुपरजुम, रियलमी सी–११, रियलमी सी–१२ तथा रियलमी सी–१५ हुन्।