एक वर्षअघि पानीमा डुबेको आइफोन सकुशल भेट्टिएको छ। सन् २०२० मा स्कटल्यान्डको ‘वाटर अफ लेथ’ नदीमा खसेको एक महिलाको अइफोन केही समयअघि एक डाइभर सेन स्टीफनले भेट्टाएको एप्पल इन्साइडरले जनाएको छ।
स्टीफनले प्रायजसो पानीमा खसेका सामानहरु खोजेर पुरस्कर पाउने गर्थे। उनले लेथ नदीमा महँगा डिजाइनर झोलादेखि थुप्रै हराएका व्यक्तिगत सामानहरु भेट्टिएका छन्। त्यसदिन पनि उनी नदीमा पौडी खेल्न गएका थिए। डेढ घण्टा पौडी खेलेपछि उनले नदीमा आइफोन भेट्टाएका थिए।
त्यसलगत्तै उनले आइफोनभित्रको सिम कार्डको विवरणअनुसार फोन मालिकलाई सम्पर्क गरी बुझाएका हुन्। सो आइफोन खसाएकी महिलाको नाम खुलासा भएको छैन, तर उनका अनुसार एक वर्षअघि आफ्नो फोन लेथ नदीमा खसाएकी थिइन्।
एप्पल इन्साइडरका अनुसार त्यो आइफोन कुन मोडलको थियो भन्ने जानकारी प्राप्त भएको छैन। आइफोन रातो रङको भएको रिर्पोटले बताएको छ।
पछिल्लो समय लामो समय पानीमा डुबेका आइफोनहरु राम्रो अवस्थामा भेट्टिएको समाचार धेरै आइरहेका छन्।
गत मार्चमा बेलायतको कोलम्बियास्थित एक तालबाट छ महिनासम्म डुबेको आइफोन–११ राम्रो अवस्थामा भेट्टिएको थियो। त्यसैको केही दिनपछि एक महिलाले जमेको तालमा तीस दिन डुबेको आइफोन सकुशल पाएको समाचार आएको थियो।
विभिन्न मोडलअनुसार एउटा आइफोन पानीमा कति लामो समयसम्म राख्दा नबिग्रिने तय हुन्छ। उदाहरणका लागि, आइफोन–१२ आइपी–६८ रेटेड फोन हो जुन ६ मिटरको गहिराइको पानीमा ३० मिनेटसम्म डुबाउदापनि केही हुँदैन।
यसरी प्रयोगकर्ताले नयाँ आइफोनको आइपी रेट जाँच गरेर पानीमा डुब्दा नबिग्रिने आइफोन किन्न सक्ने एप्पल इन्साइडरले बताएको छ।