चिनियाँ माेबाइल कम्पनी शाओमी सन् २०२१ को सूचीमा ३३८ औं स्थानमा उक्लिएर लगातार तेस्रो वर्ष फर्च्युन ग्लोबल ५०० को सूचीमा परेको छ।
२०२० मा ४२२ औं स्थानमा भएको शाओमी ८४ स्थानमा थियो।
शाओमीको आय रिपोर्ट अनुसार कुल राजस्व सन् २०२० मा आरएमबी २४५.९ बिलियन थियो, जसले शाओमीलाई २०२१ को फर्च्युन ग्लोबल ५००को सूचीमा ३३८औं स्थानमा उकाल्यो।
शाओमी स्मार्टफोनले विश्वको सयभन्दा बढी बजारहरुमा प्रवेश गरिसकेको छ।
स्मार्टफोन, एआइओटी र स्मार्ट उत्पादक उद्योगको नेतृत्व गर्दा, शाओमीले पनि स्मार्ट इलेक्ट्रिक भेहिकल मार्केटमा प्रवेश गरेको छ। मार्च २०२१ मा शाओमीले आधिकारिक रूपमा स्मार्ट इलेक्ट्रिक भेहिकल व्यवसाय सञ्चालन गर्न लागेको घोषणा गरेको थियो।
जसको कुल लगानी १० अर्ब अमेरिकी डलर हुने अनुमान गरिएको छ।