स्मार्टफोन कम्पनी भिभोको भि–२१ इ सार्वजनिक भएको छ।
फोनमा कम्पनीले विशेषगरि क्यामरामा जोड दिएको बताएको छ। फोनमा ४४ मेगापिक्सलको आई अटोफोकस फ्रन्ट क्यामरा छ।
नाइट पोट्रेट समेत समावेश गरिएकाले प्रयोगकर्तालाई फोटोग्राफी र भिडियोग्राफी गर्न मद्दत गर्छ। यस फोनबाट प्रयोगकर्ताले डुअल भ्यू भिडिअो, स्लो मोसन सेल्फी भिडिअो, फोके सेल्फी भिडिअो ८ स्टेडीफेश सेल्फी भिडिअो खिच्न सक्छन्।
६४ मेगापिक्सल नाइट क्यामराले रातमा गुणस्तरीय फोटो खिच्न सघाउँछ। फोनमा ८ जिबी र्याम र १२८ जिबी स्टोरेज छ।
फोनमा भएको ३३ वाट फ्ल्यासचार्जले प्रयोगकर्ताले छोटो समयमै पूरा चार्ज गर्न सक्छन्।
फोनको मूल्य ३९ हजार ९ सय ९९ तोकिएको छ। आइतबारदेखि मंगलबारसम्म यो स्मार्टफोन खरिद गर्ने ग्राहकले लन्चअफरको रुपमा निःशुल्क इयरबड जित्ने अवसर पाउने कम्पनीले बताएको छ।