रियलमी विश्वका प्रमुख १८ वटा बजारमा शीर्ष ५ स्मार्टफोन ब्राण्डभित्र पर्न सफल भएको प्रविधि बजार अध्ययन फर्म क्यानालिसले गरेको माग र ढुवानीका अध्ययनले देखाएको छ।
स्थापनाको ३७ महीनामै रियलमीले विश्वभर १० करोड स्मार्टफोन ढुवानीको लक्ष्य पूरा गरेर नयाँ रेकर्ड बनाएको हो।
कम्पनीको लागि यो नयाँ रेकर्ड हो। यसैगरी भारतमा ५ करोड स्मार्टफोन ढुवानी गर्ने पहिलो स्मार्टफोन समेत बनेको छ।
रियलमीले २०२१ को दोस्रो क्वाटरमा भारतीय स्मार्टफोन बजारको क्षेत्रमा २२ प्रतिशत हिस्सा ओगटेको छ।
उक्त अवधिमा १४० प्रतिशतले बजार विस्तार गर्दै रियलमी भारतको चौथौँ ठूलो स्मार्टफोन बन्न सफल भएको कम्पनीको भनाइ छ।
क्यानालिस रिपोर्टका अनुसार ढुवानीका हिसाबले फिलिपिन्स, बंगलादेश, स्लोभेनिया, पोल्याण्ड, रसिया, कम्बोडिया, चेक रिपब्लिक, भारत, इन्डोनेसिया, ईजीप्ट, ग्रिस, इजरायल, इटली, मलेसिया, म्यानमार, नेपाल, सिङ्गापुर र थाइल्याण्डमा शीर्ष ५ स्थानभित्र रियलमी रहेको छ ।