दक्षिण कोरियाली स्मार्टफोन कम्पनी सामसङ सन् २०२२ सम्म ओएलइडी स्क्रिन बनाउन ठूलो उत्पादनमा लागिरहेको छ। कम्पनीले यो उत्पादन आफ्ना उपकरणमा प्रयोग गर्न नभइ एप्पलका लागि बनाउन लागेको हो।
एप्पलको नयाँ आइप्याड र म्याकबुक प्रोको स्क्रिन सामसङले बनाउने लागेको एप्पल इन्साइडरका बताएको छ। यसैका लागि सामसङले ओएलइडी स्क्रिन उत्पादन गरिरहेको छ।
केही समययता एप्पलले आफ्नो म्याकबुक प्रो सिरिजमा ओएलइडी डिस्प्ले राख्ने हल्ला थियो। एक रिर्पोटका अनुसार एप्पलका नयाँ उपकरणमा प्रयोग हुने ओएलइडी डिस्प्लेका लागि सामसङ पहिलो प्राथमिक आपूर्तिकर्ता हुनेछ। सामसङले सन् २०२२ वा सन् २०२३ सम्ममा ओएलइडी डिस्प्ले एप्पललाई आपूर्ति गर्ने अनुमान छ।
सामसङको नयाँ जेन ६.८ इन्चको ओएलइडी डिस्प्ले सुरुमा एप्पलको आइप्याड र पछि म्याकुबक प्रोमा प्रयोग हुने द इलेकले जनाएको छ।
एक रिर्पोटका अनुसार सामसङले सन् २०२१ को अन्तिमसम्म एप्पलको ट्याब्लेट र नोटबुकका लागि ६० लाख ओएलइडी प्यानल पठाउने योजना बनाएको छ।
अर्कोतिर एप्पलले सन् २०२१ को अन्त्यमा आएलइडी डिस्प्लेका साथ आइप्याड प्रो अपग्रेड गर्ने योजना बनाएको अनुमान छ। तर एप्पपले हालै आफ्नो १२.९ इन्चको आइप्याड प्रोमा लिक्विड रेटिना एलइडी डिस्प्ले राखेको हुँदा कम्पनीले यति चाडैँ अर्को नयाँ डिस्प्ले परिवर्तन नगर्न सक्ने बताइएको छ।