चिनियाँ स्मार्टफोन कम्पनी पोकोले आफ्नो नयाँ स्मार्टफोन ‘एम–३ प्रो ५–जी’ नेपाली बजारमा सार्वजनिक गरेको छ।
‘म्याड स्किल, किलर लुक्स’ ट्यागलाइनसहित पोकोले बिहिबार ‘एम–३ प्रो ५–जी’ ल्याएको हो।
मिडियाटेक डाइमेनसिटी ७०० प्रोसेसरबाट बनेको यो स्मार्टफोनमा ८–कोर सिपियू र डुअल ५–जीको समर्थन छ।
६.५ इन्च डिस्प्ले भएको ‘पोको एम–३ प्रो ५–जी’मा ९० हर्जको रिफ्रेस रेट छ। ‘पि–२आइ’ रेटिङ भएको यो फोनमा स्प्याल्स–प्रुफ छ। यो फोन क्रोनिङ गोरिला ग्लासबाट बनेको भएर भुँइमा खस्दा र स्क्रयाचले त्यति असर पार्दैन।
यसको पछाडिपट्टि तीन वटा क्यामरा छ, जसमा मुख्य क्यामरा, म्याक्रो क्यामरा र डेप्थ सेन्सर क्यामरा छ। यससँगै क्यामरामा नाइट मोड, स्लो मो, मल्टिपल टाइम ल्याप्स मोड र क्लोन फोटो फिचर छ।
पाँच हजार एमएएच ब्याट्री पावर भएको यो फोन घण्टौँसम्म चलाउँदा पनि ब्याट्री चाँडै नसकिने पोकोको दाबी छ। एकपटक पूरा चार्ज गरे फोनको ब्याट्री दुई दिनसम्म मज्जाले चल्छ। साथै यो फोनमा चार जिबी र्याम र ६४ जिबी आन्तिरिक स्टोरेज छ।
द्रुत स्पिड र एडभान्स टेक्नोलोजी भएको ‘पोको एम–३ प्रो ५–जी’ले प्रयोगकर्तालाई निजी र सुरिक्षत उपकरणको अनुभूति दिने कम्पनीले बताएको छ।
‘पोको एम–३ प्रो ५–जी’ पहेँलो, पावर ब्ल्याक र कुल ब्लु रङमा उपलब्ध छ। नेपाली बजारमा अहिले यो फोनको मूल्य २३ हजार ९ सय ९९ तोकिएको छ।