विज्ञान र प्रविधिको चमत्कारका लागि कहिले एक पलनै प्रयाप्त हुन्छ भने कहिले काहीँ वर्षौको साधना पनि लाग्नसक्छ। विश्व यतिखेर भर्चुअल क्वाइनको अवधारणामा अगाडि बढेको बेला सूचना प्रविधिको नयाँ नयाँ आयामले सबैलाई आकर्षीत गरिरहेको छ।
यसै सन्दर्भमा विगत केही वर्षदेखि सूचना प्रविधिमा फरक र अलग पहिचानका लागि संघर्षरत सगुनले पनि केही नयाँ प्रोडक्ट लिएर बजारमा आफूलाई स्थापीत गर्ने प्रयास गरेको छ।
नेपाल तथा भारतमा प्रयोगकर्तामाझ सगुन लोकप्रिय बन्दै जाँदा त्यहाँका प्रतिष्ठित व्यवसायसँग सगुनको साझेदारी बढिरहेको कम्पनीले जनाएको छ।
सन् २०१५ मा अफीसीयल रुपमा प्रारम्भ भएको सगुनको भारत, नेपाल र अमेरिकामा कार्यालयहरु रहेका छन ।
सगुनको प्ल्याटफर्म लोकप्रिय बन्दैजाँदा यसको प्रयोग बढेको छ। अहिले सगुनको प्याल्टफर्ममा प्रयोगकर्ताले आफ्नो कथा र फोटो र भिडियो शेयर गरेर आफन्तसँग कुराकानी गर्छन्। त्यति मात्र होइन उनीहरू आफ्नो स्मार्ट क्वाइनको पाँच सय मिलियन क्वाइन पनि यसै मार्फत प्रयोग गरिसकेका छन्। सगुन एपलाई प्लेस्टोरमा गएर सजिलै डाउनलोड गरी सन्चालनमा ल्याउन सकिन्छ।
नेपाल र भारतमा सगुनको बढ्दो लोकप्रियतासँगै स्थानीय प्रतिष्ठीत कम्पनीलेसमेत यसमा साझेदारी बढाइसकेका छन्।
विश्वमा बढ्दो सामाजिक सञ्जालको प्रयोगलाई उत्पादनशील बनाउने अवधारणा बमोजिम आइटीको नयाँ आयाम आर्टिफीसीयल इन्टिलीजेन्ट, मशिन लर्निङ सीस्टम तथा सोसीयल स्मार्ट कार्डजस्ता नया प्रविधिको विकास भइसकेको सगुनका सल्लाहकार समितिका अध्यक्ष झकेन्द्र शर्माले बताए। यसैबीच सगुनको नयाँ खोजका रूपमा मानिसका अमुल्य अनुभवलाई समेटेर सगुन सपिङ एप्स चाडैनै बजारमा आउँदैछ। निकट भविष्यमा आइटीको ब्लकचेन प्रविधिलाई पनि सगुनमा समाहित गरिने शर्माले बताए।
यदि कसैले तपाईँलाई एक सोशल मिडिया एपमार्फत आफ्ना प्रियजनलाई गिफ्ट बाँडेर उल्टो आफू पनि पैसा कमाउन सकिन्छ भन्यो भने तपाईँलाई अचम्म लाग्न सक्ला, अब छिट्टै सगुनले यो सेवा लिएर आफूलाई बजारमा स्थापीत गर्ने प्रयास गर्ने भएको छ।
विश्वमा बढ्दो सामाजिक सञ्जालको प्रयोगलाई उत्पादशील बनाउने अवधारणासहित सगुनलाई नयाँ प्रविधिमा विकास गरिएको छ।
सामाजिक सञ्जालको प्रयोगले धेरैजसो मानिसबीच ईष्या र नकारात्मक कुरा मात्र फैलाउने भएकोले आफन्त तथा साथीभाइबीच सुमधुर र अर्थपूर्ण सम्बन्ध कायम गर्न सगुनले नयाँ प्रविधिको कल्पना गरेको छ।
संयुक्त राज्य अमेरिकाको सेक्युरिटिज एण्ड एक्सचेन्ज कमिसनले यसै वर्षको सुरूमा सगुनलाई मिनी आईपीओ जारी गर्न अनुमति दिएको थियो। जस अनुसार सगुनले नेपाल, उत्तर कोरिया र इरानबाहेक संसारका जुनसुकै मुलुकका नागरिकलाई प्रतिसेयर ३० डलरका दरले ग वर्गको धितोपत्र बिक्री गर्न पाउने भएको छ र लगानीका सवालमा आकर्षण पनि बढेको अवस्था हो ।
अमेरिकामा लगानीप्रति आकर्षण बढेको कारण यो वर्षको अगष्ट ३१ तारिखसम्म मिनी आइपीओ अन्तर्गत सर्वसाधारणको लगानीको समयसिमा तोकिएको छ। सगुनको अहिलेको एक सय २६ मिलियन डलरको भ्यालुएसनमा सर्वसाधारणका लागि खुल्ने सम्भावना यो नै अन्तिम हुनसक्ने सल्लाहकार समितिका अध्यक्ष शर्माले बताए।
यो अवसरको सदुपयोग गर्न र लगानीको ढोका खोल्न सम्पूर्ण प्रवासी नेपालीलाई शर्माले अनुरोध गरेका छन्। सन २०२४ सम्ममा सगुन आपीओ न्युयोर्कमा सूचीकृत भएर शेयर कारोबारमा जाने योजनामा रहेको छ। नेपाल सरकारले विदेशी मुद्रामा देश बाहिर रहेका कम्पनीको सेयर खरिद गर्न प्रतिबन्ध लगाएको छ भने अमेरिकी कानुनले उत्तर कोरिया र इरानका नागरिकलाई अमेरिकी कम्पनीको शेयर खरिद गर्न रोक लगाएको छ। यसै कारण अहिले यी देशले अनुमति नपाएका हुन्।
‘सन् २०२१ मा कम्पनीले धेरै उत्साहजनक प्रगति गरेको छ,’ सगुन इंकका सल्लाहकार झकेन्द्रले बताए। फलस्वरूप यो वर्ष अमेरिका तथा अन्य देशका संस्थागत लगानीकर्ताले सगुनसँग जोडिन र लगानीको प्रकृया सुरु गरिसकेका छन्।
सगुनले यस्ता नयाँ परिवर्तनमार्फत सोशल मिडिया, ई-कमर्शको क्षेत्रमा नयाँ ऊर्जा र जोश दिएको छ। यी नयाँ फिचरको साथ सगुन निश्चित रूपले सूचना प्रविधिको क्षेत्रमा अब्बल बनेर निस्किने देखिन्छ। हामी लगानीकर्ता आउँदो दिनमा सगुनको सफलताबारे निश्चित छौं, अस्ट्रेलियामा रहेका युवा व्यवसायी राज खनाल बताउँछन्।
संयुक्त राज्य अमेरिकामा मुख्यालय रहेको सोशल ई-कमर्स स्टार्ट–अप कम्पनी सगुनले जारी गरेको मिनी आईपीओमा लगानी गर्ने अवसर अहिले खुला रहेको छ। किनभने अमेरिका र भारत अनि नेपालमा कार्यालय रहेको सगुन यतिखेर विस्तारै आफ्नो लयमा अगाडि बढिसकेको अस्ट्रेलियाका लगानीकर्ता राज खनालले बताए। खनाललगायत अस्ट्रेलियावाट युवा व्यवसायी बद्री अर्याल र सन्जिव शर्मासमेत अहिले सगुनमा जोडिएका छन्।
अहिले झन्डै पैसठ्ठी लाख प्रयोगकर्ताले सगुन एप्स चलाइरहेका छन्। ६५ मुलुकका ४५ सय भन्दा बढी लगानिकर्ता सगुनसँग प्रत्यक्ष जोडिएको सुगनका कार्यकारी प्रमुख गोविन्द गिरीले बताए।
वास्तवमै नेपालीको आफ्नै नयाँ प्रविधि भएकाले पनि यसलाई सम्पूर्ण प्रवासी नेपालीले माया गरिदिएको गिरीको भनाइ छ।
यसैबीच सगुनले सर्वसाधारणको जीवनका अनुभवलाई समेटी चाडपर्व विशेष सगुन गिफ्टिङको सुविधा पनि ल्याउने भएको छ।
अमेरिकामा धेरै व्यक्ति गिफ्ट कार्ड खरिद गर्ने र उपहारका रुपमा बाड्ने चलन रहेको छ। सगुनले पनि त्यस्तै किसिमको गिफ्ट कार्डको नयाँ स्वरुप कल्पना गरेको हो।
दक्षिण एसियामा गिफ्टिङ बजार बिशाल छ जुन सगुनको सोशल स्मार्ट कार्ड साथ प्रयोग गर्न सकिन्छ। सगुनको सोशल स्मार्ट कार्ड प्रयोगकर्ताको आवश्यकता पुरा गर्ने महत्वपुर्ण डिजिटल कार्ड बन्नसक्छ । डिजिटल वालेट मार्फत सगुनको एप्स भित्र सबै कार्ड राख्न सकिने र आवश्यकता हुदाँ प्रयोगकर्ताहरुले सजिलै प्रयोग गर्न सक्नेछन्।
यो वर्षको अन्त्यसम्ममा सगुनले अमेरिकाको वैकल्पिक दोस्रो धितोपत्र बजारमा सहभागी हुने योजना बनाएको जनाएको छ।
नेपालमा प्रभु ग्रुप ,भाटभटेनी, फेवा बजारसँग सहकार्य भइसकेको जनाएको मिनिसो, नबिल बैंक र अमेजन इन्डियासँग सहकार्यको प्रक्रिया अगाडि बढाएको छ।
सगुन र गैर आवासीय नेपाली संघबीच आपसी सहकार्य गर्नेबारे समझदारीपत्रमा हस्ताक्षर समेत भइसकेको छ।
प्रवासमा रहेका नेपालीद्धारा सुरू गरिएको सगुनलाई प्रोत्साहित गर्न एनअराएनले आवश्यक सहयोग र सद्भाव प्रदान गर्दै आएको पनि छ । सगुनले एनआरएन अभियान अन्तर्गत कल्याणकारी कार्यमा सहकार्य पनि गर्दै आएको छ।
सगुनले हालै अमेरिकी प्रतिष्ठीत कम्पनी एक्जेम्प्लरसँग रणनीतिक साझेदारी गर्ने सम्झौता पनि गरिसकेको छ। याहु फाइनान्स, एपी न्युजलगायतका विविध विश्वसनीय सञ्चार माध्यमले यसलाई महत्वका साथ प्रकाशीत समेत गरेका थिए।
यो साझेदारीले सगुनलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्ने प्रविधिको विकासमा र गुणस्तरीय व्यवस्थापनमा योगदान दिने भएको छ।
यस समझदारीले सगुनको कानुनी सेवा तथा तेस्रो पक्षीय साझेदारीका विषयमा अन्तर्राष्ट्रियस्तरको सेवा पनि प्राप्त गर्नेछ।