आधुनिक डिजिटल प्रविधियुक्त संसारमा स्मार्ट फोनको माग बढ्दो छ। स्मार्टफोन बजारमा
सामसङ चर्चित ब्रान्डमध्ये एक हो। हालै सामसङले ल्याएको ब्लकबस्टर एफ–२२ फोनले यो बजारमा राम्रो स्थान पाएको छ।
यसैबारे सामसङ नेपालका मोबाइल विजनेस हेड प्रणय रत्न स्थापितसँग गरिएको कुराकानीः
नेपालमा सामसङको यात्रा कस्तो रह्यो?
विश्वव्यापी रुपमा सामसङ अग्रणी स्मार्ट फोन निर्माता हो। यो एशियाकै प्रमूख ब्राण्ड हो। हालसालै सामसङ विश्वकै पाँच उत्कृष्ट ब्रान्डको सूचीमा पर्न समेत सफल भएको छ। हामीले विगत धेरै वर्षदेखि मनपराइएका स्मार्ट फोनका ब्राण्डहरु नेपालमा ल्याइरहेका छौँ।
महामारीले व्यापारमा कस्तो प्रभाव पारेको छ?
महामारीले हामीलाई प्रविधिमा कति निर्भर छौं भन्ने महसुस गराएको छ। यस्तो अप्ठ्यारो समयमा पनि सामसङ प्रत्येक घरको दैनिकीसँग जोडिएर एक अपरिहार्य ब्रान्ड बनेको छ।
नयाँ उत्पादन ब्लकबस्टर एफ–२२ मा कस्ता विशेषता छन्?
नेपालमा पहिलोपटक एफ सिरिज सुरु गर्न पाउँदा हामी धेरै उत्साहित छौं। एफ–२२ एक त्यस्तो मोडल हो। जुन हाम्रा लागि धेरै महत्वपूर्ण छ। यसमा ९० एचजेडको सेगमेन्ट वेस्ट डिस्प्ले रहेको छ। जसमा उत्कृष्ट तरिकाले सोसल मिडिया ब्राउज गर्न, भिडियो हेर्न वा खेल खेल्न सकिन्छ। यसमा रहेको युआई र ६००० एमएएच ब्याट्रीका कारण प्रयोगकर्ताले विना कुनै अवरोध लामो समयसम्म फोन चलाउन सक्छन्।
एफ–२२ फोन पैसाका हिसाबले पनि राम्रो र सस्तो फोन हो।
एफ–२२ फोन पैसाको हिसाबले राम्रो भन्नुभयो, कसरी?
यो फोनको मूल्य मात्रै २५ हजार रुपैयाँ तोकिएको छ।
एफ–२२ को पछाडि र अगाडि क्यामेरामा नाइट मोडसँग विभिन्न सिनहरु पनि छन्। ग्यालेक्सी एफ–२२ खेलकुद लगायतका लागि उत्कृष्ट वर्गको फोन हो।
८ एमपीको अल्ट्रा वाइड लेन्स र १२३ डिग्रीको फिल्ड अफ भ्युले दृष्यलाई थप आकर्षक बनाइरहेको हुन्छ। जहाँ २ एमपी माइक्रो लेन्सले पर्याप्त क्लोज अप सर्टहरु लिन सकिन्छ। २ एमपी डेप्थ क्यामेराले लाइभ फोकस गरी एमाजिङ पोष्टका सर्टहरु लिन सकिन्छ।
प्रयोगकर्ताहरुले प्रष्ट नाइट सेल्फी लिन सक्नेछन्। त्यसक्रममा उनीहरुले थप लाइटका लागि चिन्ता लिइरहनु पर्दैन। साथमा एआई राम्रो गुणस्तरयुक्त फोटोहरुका लागि सहयोगी बन्छ। यसमा रहेका एकिकृत डोल्वी एटम्सले उत्कृष्ट साउण्ड क्वालिटी उपलब्ध गराउँछ। यी सुविधाहरुले यसलाई सस्तो फोनको रुपमा चिनाएको छ।
कस्ता उपभोक्ता वा प्रयोजनका लागि यो फोन उपयुक्त छ?
यही किसिमका उपभोक्ता भनेर कसैलाई छुट्टयाइएको छैन। यो फोन सबै खालका उपभोक्ताका लागि उपयुक्त छ। तर तपाईं सस्तो मुल्यमा राम्रो स्मार्ट फोन खरिद गर्न चाहनुहन्छ भने म एफ–२२ फोन किन्न सुझाव दिन्छु।
यसले सबै आवश्यक बक्स जाँच गर्दछ। आफ्नो फोन अपग्रेड गरी स्मार्ट फोनमा प्रवेश गर्न चाहने विद्यार्थी, काम गर्ने व्यक्ति वा मानिसका लागि एफ–२२ उपयुक्त छ। गेमर, फोटोग्राफीमा सोख भएको, सामाजिक सञ्जालप्रेमी लगायतको उद्देश्य पूर्तिका लागि एफ २२ उपयुक्त फोन हो।
हामी डिजिटल भुक्तानीमा प्रवेश गरिरहेको विद्यमान अवस्थामा यसमा रहेको नक्स सुरक्षाले प्रयोगकर्ताहरु आश्वस्त हुन सक्छन्, किनकी यसमा उनीहरुका निजी डाटा राम्रोसँग सुरक्षित रहन्छ।
एफ–२२ ले कसरी लामो समयसम्म राम्रो प्रफमेन्स दिन्छ? सामसङले आफ्ना उपभोक्ताहरुलाई के अपडेट दिन्छ?
हो। वास्तवमा एफ–२२ का प्रयोगकर्ताहरु यसको टिकाउका हिसावले ढुक्क रहन सक्छन्। सामसङले चार वर्र्षको सुरक्षा अपडेट र २ पुस्ताको ओएस अपग्रेडको प्रतिज्ञा गरेको छ। यी अपडेटहरुले सुधारिएको पर्फमेन्स र सुरक्षा वृद्धि गर्ने छ। योसँगै सामसङ नक्सले हार्डवयरस्तर सुरक्षा प्रदान गर्दछ। गलत किसिमका मालवेयरहरुबाट बचाउँछ।
उत्पादनका यी जानकारी तथा सुविधासँगै हाम्रो बिक्रीपछिको सेवा देशव्यापी रुपमै छ। सामसङ ग्राहक सेवाको फराकिलो नेटवर्क र कल सेन्टर पूर्णरुपमा सञ्चालित छन्। तसर्थ हाम्रा उपभोक्ताहरुलाई समस्या पर्दा हाम्रा सर्भिस सेन्टरहरु मार्फत् ती समस्या समाधान हुनेछन्।
सामसङ मनपर्ने ब्राण्डमा पर्छ भन्नुभयो, कसरी?
स्मार्ट फोनको संसारमा टेक्नोलोजिको विकास र परिवर्तन धेरै छिटो हुन्छ। स्मार्ट फोनहरु बजारमा असंख्य ब्रान्डमा छन्। उनीहरुले कागजी रुपमा अझ राम्रो सामानको प्रेस्क्रिब्सन प्रस्ताव गर्न सक्छन्। तर हामी प्रयोग गरेर अनुभव बटुल्छौँ, त्यहाँ कुनै प्रतिस्पर्धा हुँदैन। सामसङका उत्पादन र त्यसमा प्रयोग भएका सफ्टवयर सुरक्षित छन्।
राम्रो तस्बिर ब्याट्रीको कम खपत, राम्रो पर्फमेन्स र उत्कृष्ट डिजाइन छन्। केही स्मार्ट फोनहरु बढी तात्ने, कमजोर युआईको प्रयोग भएका र विज्ञापन लगायतका कारण प्रयोगकताले नमिठो अनुभव गर्छन्। तर सामसङ आफ्नो उत्कृष्ट पर्फमरका कारण अधिकांशको रोजाइमा पर्न सफल भएको छ।
आगामी दिनमा सामसङसँग के आशा गर्न सकिन्छ?
सामसङको पहिलो प्राथमिकता सधैं अनुशन्धान र विकास हो। सामसङले नेपालमा सुरुदेखि नै नयाँ टेक्नोलोजी ल्याएको छ। हामीले पछाडि फर्केर हेर्ने हो भने कर्भ डिस्प्ले ब्रान्डको सुरुवात गर्नेमा हामी नै पहिलो ब्राण्ड हौँ। हामीले कृप्स फोटोका लागि १०८ एपमीको सुरुवात गरेका छौँ। गत बर्ष जेड फोल्ड २ सँगै प्रिमियम फोल्डको अनुभव ल्याएका छौँ।
यो बर्ष पनि हामी रोमाञ्चक उत्पादन लाइनअप सार्वजनिक गर्ने तयारीमा छौं। हामी प्रविधिको सफलतासँगै फोल्डेवलको अर्को पुस्ता लिएर चाँडै नेपाल आउँदैछौं। सामसङले आफ्ना उपभोक्तालाई सधैं आफ्ना ग्राहकलाई उच्च गुणस्तरको हार्डवेयर तथा सफ्टवयेर सेवा उपलब्ध गराउने कोसिस गरिरहने छ।