ओपोले हालै नयाँ स्मार्टफोन ‘ओपो ए १६–एस’ सार्वजनिक गरेको छ। आफ्नो ए–सिरिज अन्तर्गत कम्पनीले यो स्मार्टफोन ल्याएको हो।
पुरानो ‘ओपो ए १६’को तुलानामा ‘ओपो ए १६–एस’ नयाँ अपग्रेडका साथ आएको छ। यो फोनमा वाटरड्रप–स्टाइल डिस्प्ले नोच डिजाइन भएको र दुईवटा रङमा आउने ग्याजेट ३६० जनाएको छ।
यो फोनमा ६.५२ इन्चको एचडी प्लस डिस्प्ले र ६० हर्जको रिफ्रेस रेट छ। ओक्टाकोर मिडियाटेक हेलियो जी–३५ एसओसी प्रोसेसरले बनेको यस स्मार्टफोनमा चार जिबी र्याम र ६४ जिबी आन्तरिक स्टोरेज छ। इच्छा अनुसार प्रयोगकर्ताले फोनमा माइक्रोएसडी कार्ड राखेर स्टोरेज बढाउन पनि सक्छन्।
‘ओपो ए १६–एस’को पछाडपट्टि तीनवटा क्यामरा छ, जसमा १३ मेगापिक्सलको प्राइमेरी क्यामरा, २ मेगापिक्सलको मोनोक्रोम सेन्सर र २ मेगापिक्सलको म्याक्रो सुटर छ। यसको अगाडि भने ८ मेगापिक्सलको सेल्फी क्यामरा छ।
फोटोलाई अझ राम्रो बनाउन फोनमा एआई ब्यूटीफिकेसन, ड्याज्लिङ मोड र बोक्हे फिल्टर फिचरपनि थपिएको छ।
साथै फोनमा ४–जी नेटवर्क, डुअल–ब्यान्ड वाइफाइ, एनएफसी र ३.५ एमएमको हेडफोन ज्याकको समर्थन छ। सँगै प्रयोगकर्ताले साइड–माउन्टेड फिंगरप्रिन्ट सेन्सर पाउन सक्छन्।
‘ओपो ए १६–एस’मा पाँच हजार एमएएचको ब्याट्री पावर छ। ग्याजेट ३६० का अनुसार ओपोले फोनमा भएका केही फिचरले रातको समय चार्ज गर्दा प्रयोगकर्ता सुरक्षित रहन सक्ने र कम पावर खपत गर्ने दाबी गरेको छ।
हाल भारतीय बजारमा ‘ओपो ए १६–एस’को १३ हजार भारु रहेको छ।