सन् २०२० को डिसेम्बरमा हुवाईले चिनियाँ बजारमा ‘नोभा–८ ५–जी’ र ‘नोभा–८ प्रो ५–जी’ सार्वजनिक गरेको थियो। एक चिनियाँ टिप्सटरका अनुसार अब भने कम्पनीले चाडैँ नयाँ स्मार्टफोन ‘नोभा–९’ ल्याउने तयारी गरिरहेको छ।
हुवाईले नयाँ स्मार्टफोन ‘नोभा–९’ आउँदो सेप्टेम्बरमा सार्वजनिक हुने हल्ला भइरहेको जिगमोचाइनाले जनाएको छ। कम्पनीले ‘नोभा–९’ मात्र नभइ त्यसका अरु सिरिज पनि ल्याउने भनिएको छ।
‘नोभा–९’ सिरिजका स्मार्टफोनको डिजाइन र रङ पुरानो ‘अनर–५०’ सिरिजका स्मार्टफोनभन्दा राम्रो हुने चिनियाँ टिप्सटरले बताएका छन्। यसमा मिडिया टेक वा क्वालकम चिपसेटमध्ये कुन प्रयोग हुन्छ भन्ने अझै तय भएको छैन। यसको प्रोसेसरमा भने केही अपडेट हुने छैन र ‘अनर–५०’ भन्दा राम्रो हुनेछ, किनकी ‘अनर–५०’ स्न्यापड्रैगन ७७८जी चिपसेट भएको संसारको पहिलो स्मार्टफोन हो।
अहिलेसम्म ‘नोभा–९’मा कस्ता फिचरहरु हुनेछ भन्ने जानकारी सार्वजनिक भएको छैन। यी फोनका दुई फोटो लिक भएको आधारमा बजारमा यो चाडैँ आउने हल्ला चलेको हो।
लिक भएको फोटोमा ‘नोभा–९’ पिल–सेप्ड कटवाट डिजाइनमा देखिन्छ, जसले यसमा डुअल सेल्फी क्यामरा सिस्टम हुने संकेत गर्छ। यसको पछाडीपट्टि भने दुइवटा गोलो आकारको डिजाइन छ। जसको माथिल्लोपट्टिको गोलोमा फोनको मुख्य क्यामरा र तलपट्टि अन्य तीन क्यामरासहित एलइडी फ्ल्यास छ।
कम्पनीले अझैपनि यो नयाँ स्मार्टफोनको नाम आधिकारिक रुपमा खुलासा गरेको छैन, तर धेरैले भने यसलाई नोभा सिरिज स्मार्टफोन भनेर नाम दिइरहेको जिगमोचाइनाले बताएको छ।