स्मार्टफोन कम्पनी मोटोरोलाले अमेरिकी बजारमा राम्रो व्यापार गरिरहेको छ। सामसङ र एप्पल जस्ता प्रिमियम स्मार्टफोनसँग प्रतिस्पर्धा गर्न नसकेपनि कम्पनीले ५–जी फिचर भएको सस्तो स्मार्टफोन बेचिरहेको छ।
हालै मोटोरोलाले अमेरिकामा नयाँ स्मार्टफोन ‘मोटोरोला एड्ज २०२१’ सार्वजनिक गरेको छ। गत वर्षको ‘मोटोरोला एड्जको सफलतापछि कम्पनीले यसैको नयाँ फ्ल्याग्सिप फोन ल्याएको हो।
क्वालकम स्न्यापड्रैगन ७ सय ७८जी प्रोसेसरले बनेको मोटोरोला एड्ज २०२१ मा ६ एनएमको चिपसेट सहित ओक्टाकोर सिपियु छ। यसमा ५–जी मोडेमपनि छ।
फोनको अगाडीको भागमा ६.८ इन्चको फुल एचडी प्लस ओएलइडी डिस्प्ले छ र यसमा १४४ हर्जको रिफ्रेस रेट छ। यसको पछाडपट्टि तीनवटा क्यामरा छ, जसमा १ सय ८ मेगापिक्सलको मुख्य क्यामरा, ८ मेगापिक्सलको अल्ट्रा–वाइड क्यामरा र २ मेगापिक्सलको डेप्थ सेन्सर छ। यसको सेल्फी क्यामरा भने ३२ मेगापिक्सलको छ।
क्यामरामा लो–लाइट एआइ सेल्फी, नाइट मोड, अटो–स्माइल क्याप्चर, स्मार्ट कम्पोजिसन, सट अपटिमाइजेसन र डुअल क्याप्चर क्यामरा जस्ता अन्य फिचरहरु पनि छन्।
यो फोन ६ जिबी र्याममा १ सय २८ जिबी आन्तरिक स्टोरेज र ८ जिबी र्याममा २ सय ५६ जिबी आन्तरिक स्टोरेज विकल्पका साथ आएको छ। यसमा पाँच हजार एमएएचको ब्याट्री पावर र ३० वाटको टर्बोपावर चार्जर छ।
यसैगरी ‘मोटोरोला एड्ज २०२१’मा ‘अडियो जुम’ भन्ने फिचरपनि छ जसले फोन रेकर्डिङ गर्दा माइक्रोफोनमा फोकस गर्छ।
नेबुला ब्लु रङमा उपलब्ध ‘मोटोरोला एड्ज २०२१ को मूल्य छ सय ९९ अमेरिकी डलर तोकिएको छ। यो फोनको बिक्री अगस्ट २३ देखि सुरु हुनेछ।