भिभोले नयाँ स्मार्टफोन ‘वाइ ३३–एस’ सार्वजनिक गरेको छ। ग्याजेट ३६०का अनुसार सोमबार कम्पनीले आफ्नो वाइ सिरिज स्मार्टफोनअन्तर्गत यो नयाँ स्मार्टफोन भारतीय बजारमा ल्याएको हो।
ओक्टाकोर मिडियाटेक हेलियो एसओसी प्रोसेसरले बनेको नयाँ ‘भिभो वाइ ३३–एस’ फनटच ओएस ११.१ संस्करणमा आधारित छ। यो फोनमा ६.५८ इन्चको फुल एचडी प्लस एलसिडी डिस्प्ले छ र यसको तौल १८२ ग्रामको छ।
यो स्मार्टफोनमा तीनवटा क्यामरा छ, जसमा मुख्य क्यामरा ५० मेगापिक्सलको, २ मेगापिक्सलको म्याक्रो सुटर र २ मेगापिक्सलको डेप्थ सेन्सर छ। यसको अगाडिपट्टि १६ मेगापिक्सलको सेल्फी क्यामरा छ।
‘भिभो वाइ ३३–एस’मा ८ जिबी र्याम छ जुन पछि ४ जिबीसम्म प्रयोगकर्ता आफैंले थप्न सक्छन्। साथै यसमा १२८ जिबीको आन्तरिक स्टोरेज छ, जुन माइक्रोएसडी कार्ड प्रयोग गरेर फोनमा १ टिभीसम्म स्टोरेज बढाउन सकिने कम्पनीको दाबी छ।
यसैगरी फोनमा पाँच हजार एमएएचको ब्याट्री पावर र १८ वाटको फास्ट चार्जिङ छ। ‘भिभो वाइ ३३–एस’को अन्य फिचरहरुमा डुअल ब्यान्ड वाइफाइ, ब्लुटुथ भी–५, एनएफसी, जीपिएस र युएसबी टाइप सी पोर्ट छ।
यो फोन मिड्डे ड्रिम र मिर्र ब्ल्याक रङमा उपलब्ध छ। भारतीय बजारमा ८ जिबी र्याम र १२८ जिबी आन्तरिक स्टोरेज भएको ‘भिभो वाइ ३३–एस’को मूल्य १७ हजार नौ सय ९० भारु तोकिएको छ। नेपाली बजारमा यसको मूल्य थप बढेर आउन सक्छ।