नेपाली बजारमा भिभोको नयाँ स्मार्टफोन ‘वाइ ५३–एस’ सार्वजनिक भएको छ। बुधबार कम्पनीले आफ्नो वाइ सिरिज स्मार्टफोनअन्तर्गत ‘वाइ ५३–एस’ ल्याएको हो।
यसपटक भिभोले आफ्नो नयाँ स्मार्टफोनमा विशेषगरी क्यामराको गुणस्तरतिर ध्यान दिएको छ। तीनवटा क्यामरा भएको ‘वाइ ५३–एस’मा ६४ मेगापिक्सलको मुख्य क्यामरा, २ मेगापिक्सलको बेक्हे क्यामरा र २ मेगापिक्सलको म्याक्रो क्यामरा छ।
यसमा आइ अटोफोकस फिचर छ, जुन भिभोको वाइ सिरिज स्मार्टफोनमा पहिलोपटक आएको हो। यसले फोनमा क्लियर फोटोग्राफी अनुभव दिने कम्पनीको दाबी छ।
यसमा भएको सुपर नाइट मोड फिचरले अँध्यारोमा ब्राइटनेस बढाउन मद्दत गर्छ। सुपर नाइट सेल्फी फिचरबाट भने अँध्यारोमा पनि उत्कृष्ट सेल्फी खिच्न सकिन्छ।
यसैगरी भिडियोका लागि ‘वाइ ५३–एस’मा अल्ट्रा–स्टेबल भिडियो फिचर छ। जसले इलेक्ट्रोनिक इमेज स्टेबलाइजेसन टेक्नोलोजीबाट क्यामराको फ्रेम सेट गरेर स्मुथ र स्टेडी भिडियो खिच्न सकिन्छ।
यो लङ–लास्टिङ क्यामरा अनुभवलाई समर्थन गर्न ‘वाइ ५३–एस’मा पाँच हजार एमएएचको ब्याट्री पावरसहित ३३ वाटको फ्ल्यास चार्ज टेक्नोलोजी छ।
‘वाइ ५३–एस’मा ८ जिबीको र्याम छ, जुनपछि थप ३ जिबीसम्म बढाउन मिल्ने कम्पनीले बताएको छ। यससँगै फोन १२८ जिबीको इन्टरनल स्टोरेज छ, जुन मेमोरी कार्ड प्रयोग गरेर १ टिभीसम्म बढाउन मिल्छ।
स्लिक र फ्ल्याट फ्रेम डिजाइन भएको ‘वाइ ५३–एस’मा दुई रङमा उपलब्ध छ, डिप सि ब्लु र फ्यान्ट्यास्टि रेनबो। नेपाली बजारमा यो फोनको मूल्य ३४ हजार ९ सय ९९ रुपैँया तोकिएको छ।