टेक्नोलोजी लिडर शाओमीले सार्वजनिक गरेको दोस्रो त्रैमासिक २०२१ को रिपोर्टअनुसार आफू नेपालको नम्बर एक स्मार्टफोन कम्पनी बनेको घोषणा गरेको छ।
२०२१ को दोस्रो त्रैमासिकमा ३८.९ प्रतिशतको बजार शेयर युनिट सिपमेन्टका साथ शाओमीले २०२० को तेस्रो त्रैमासिकदेखि पहिलो स्थानमा रहन सफल भएको हो।
विगत एक वर्षदेखि नेपाली बजारमा शाओमीले पहिलो स्थान लिइरहेको कम्पनीले बताएको छ।
'हामी लगातार ४ क्वार्टरमा नेपालको नम्बर एक स्मार्टफोन कम्पनी हुन पाउँदा अत्यन्तै हर्षित छौं,' शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने।
मी ११, मी ११ एक्स प्रो, रेड मी के २० सिरिज, पोको एफ ३ आदि क्षेत्रहरुमा धेरै उत्पादनहरुको लन्चको कारण यस ब्राण्डको बजार उल्लेखनीय देखिएको कम्पनीले बताएको छ।
यसका साथै शाओमीले मी वाच लाइट, टिभी स्टिक, ट्रिमर, ब्यान्ड ६, सोनिक वास वायरलेस इयरफोनसहित नेपालमा ३० वटा नयाँ इकोसिस्टम उत्पादनहरु लन्च गरेको छ।