चिनियाँ स्मार्टफोन कम्पनी रियलमीको दुई नयाँ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक भएको छ। रियलमीले आफ्नो सी सिरिज स्मार्टफोनअन्तर्गत नयाँ ‘रियलमी सी–२०’ र ‘रियलमी सी–२१’ ल्याएको हो।
यी दुई स्मार्टफोन कम्पनीको इन्ट्री लेभलका फोन पर्ने, जसमा उत्कृष्ट ब्याट्री पावर, अल्ट्रा लार्ज डिस्प्ले, उच्च गुणस्तर र सुन्दर डिजाइनका साथ आएको कम्पनीले जनाएको छ।
‘रियलमी सी–२०’मा ६.५ इन्चको लार्ज डिस्प्ले छ। यो फोन जियामेट्रिक आर्ट डिजाइनमा बनेको छ र यो स्प्ल्यास प्रतिरोधी फोन हो। यो फोन क्रोनिङ गोरिला ग्लास–३ ले बनेको हुँदा बलियो र टिकाउपनि हुन्छ।
मिडियाटेक हेलियो जी–३५ प्रोसेसरले बनेको यो स्मार्टफोनमा पाँच हजार एमएएचको ब्याट्री क्षमता छ। यो फोनको मूख्य क्यामरा ८ मेगापिक्सलको छ भने सेल्फी क्यामरा ५ मेगापिक्सलको छ। यसमा तीनवटा कार्ड स्लटसाथै डेडिकेटेड माइक्रोएसडी स्लट छ जसबाट फोनको स्टोरेज २५३ जिबीसम्म बढाउन सकिन्छ।
यसैगरी ६.५ इन्चको एचडी प्लस मिनी ड्रप फुलस्क्रिन डिस्प्ले भएको ‘रियलमी सी–२१’ अक्टाकोर १२ एमएम २.३ गिगाहर्ज प्रोसेसरले बनेको छ। यसमा एआई ट्रिपल क्यामरा छ, जसमा भएको सुपर नाइटस्केप मोड फोनको मूख्य आकर्षण बनेको छ।
‘रियलमी सी–२१’ ‘टियूभी रेनल्यान्ड हाइ रिलायबिलिटी सर्टिफिकेसन पाउने’ विश्वकै पहिलो स्मार्टफोन हो। यसमा पाँच हजार एमएएचको ब्याट्री क्षमता छ र रिभर्स चार्जको समर्थ पनि पाउन सकिन्छ।
२ जिबी र्याम र ३२ जिबी आन्तरिक स्टोरेज भएको ‘रियलमी सी–२०’को मूल्य १२ हजार ८ सय ४९ रुपैँया तोकिएको छ। त्यस्तै ४ जिबी र्याम र ३४ जिबी आन्तरिक स्टोरेज भएको ‘रियलमी सी–२१’को मूल्य १६ हजार ९ सय ९९ रुपैँया छ।
यी दुई नयाँ स्मार्टफोन आउँदो बुधबारदेखि नेपालभर उपलब्ध हुने कम्पनीको भनाइ छ।