स्मार्टफोन ब्राण्ड पोकोले नेपालमा बहुप्रतीक्षित स्मार्टफोन पोको एफ जिटी लन्चको घोषणा गरेको छ।
एफसिरिजलाई नयाँ उचाइमा पुर्याउँदै पोको एफ३ जिटीले उत्कृष्ट क्यामेराका क्षमता तथा अन्य सुविधाहरु समावेश गर्ने बताइएको छ।
'सन् २०१८ मा पोको एफसिरिज भित्रिएपछि यसले नेपाली बजारमा कहिल्यै नपुर्याएको प्रभाव पुर्याएको थियो। नयाँ पोको एफ ३ जिटीको मार्फत हामी एकपटक फेरी सफलताको लक्ष्य कायम राख्दछौं,' शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने।
उत्कृष्ट डिस्प्ले र डिजाइन
पोको एफ३ जिटीले १२० हर्ट्जको टर्बो एमोलेड डिस्प्ले प्रस्तुत गर्नेछ। पोको एफ ३ जिटी डुअल स्टेरियो स्पिकर र डल्बी एटमोसका साथ आउने बताइएकाे छ। साथै ट्रिपल माइक सेटअपसँग प्याक भएर आउनेछ। यसको तेस्रो माइक्रोफोनलाई फोनको बायाँ छेउको बीचमा एम्बेडेड गरीएको छऽ जसले ठूलो अडियो आउटपुट प्रदान गर्छ।
यो फोनले बोल्ड–न्यू स्लिपस्ट्रीम डिजाइन र एन्टी–फिंगरप्रिन्ट म्याट फिनिशलाई समेटेको छ। जसले प्रिमियम ग्लासको अनुभूति दिन्छ।
पोको एफ ३ जिटीमा ५०६५ एमएएचको ब्याट्री सुविधा रहेको छ। जसले प्रयोगकर्तालाई लामो समयका लागि अडिओ भिजुअल मनोरन्जनको आनन्द दिन्छ।
६७ वाटको फास्ट चार्जरले एफ ३ जिटीलाई १५ मिनेट भित्रैमा ० देखि १५ प्रतिशत ब्याट्री चार्ज गर्दछ। सुरक्षाको लागि यसमा साइड माउन्ट गरिएको फिंगरप्रिन्ट सेन्सर रहेको छ।
उत्कृष्ट क्यामराको अनुभव
पोको एफ ३ जीटीले ट्रिपल क्यामेरा सेटअप प्रस्तुत गरेको छ। जसमा ६४ मेगापिक्सेलको प्राइमरी क्यामेरा एफ १.६५ एपर्चर रहेको छ। साथै ८ मेगापिक्सेलको अल्ट्रा वाइड–एंगल क्यामेरा ११९ डिग्रीको एफओभी, २ मेगापिक्सेलको म्याक्राे क्यामेरा र १६ मेगापिक्सेलको सेल्फी क्यामरा रहेको छ।
यो मोबाइल दुईवटा रंगमा उपलब्ध छ: गनमेटल सिल्भर र प्रिडेटर ब्ल्याक। यो अगष्ट ३१, २०२१ बाट अथोराइज्ड स्टोरहरु, अनलाइन र रिटेलहरुमा उपलब्ध हुनेछ।
८ जिबी / २५६ जिबीको फोनलाई नेपाली बजारमा ५६ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ।