एक्यूरेट ब्रान्डले नेपाली बजारमा आफ्नो नयाँ हेडफोन ‘एएचपी–०१ स्टेरियो ब्लुटुथ स्पिकर’ सार्वजनिक गरेको छ।
वायर–फ्रि डिजाइन भएको ‘एएचपी–०१ स्टेरियो ब्लुटुथ स्पिकर’मा उच्च गुणस्तर अडियो छ। यसको डिजाइनकै कारण उपभोक्तालाई सहजरुपमा फिट हुने कम्पनीले जनाएको छ।
यसमा बिल्ट–इन माइक्रोफोन भएकोले स्पिकरको रुपमा पनि काम गर्नेछ। ब्लुटुथ ४.२ संस्करणले बनेको यो हेडफोनमा तीन सय एमएएच ब्याट्री क्षमता छ। यसलाई पूरा चार्ज गर्न दुईघण्टा मात्र लाग्ने छ।
साथै ‘एएचपी–०१ स्टेरियो ब्लुटुथ स्पिकर’मा भोल्यूम कन्ट्रोल, स्विच सङ्स, फोन उठाउने वा राख्ने र रिडायल गर्न मिल्ने एक्यूरेट ब्रान्डले बताएको छ।
बजारमा यो हेडफोनको मूल्य एक हजार नौ सय ९९ रुपैँया तोकिएको छ।