ओपोले नेपालमा ए—सिरिज अन्तर्गत ए१६ सार्वजनिक गरेको छ। ए१६ स्टाइलिस युवा लक्षित तयार गरिएको कम्पनीले बताएको छ।
उक्त फोनमा लामो समयसम्म टिक्ने पाँच हजार एमएएच क्षमताको ब्याट्री रहेको छ। फोनमा ६.५२ इञ्चको एचडी आई केयर डिस्प्ले जडान गरिएको छ।
गुणस्तरीय तस्वीरका लागि सकिने गरी ट्रिपल क्यामरा जडान गरिएको छ। कम्पनीले १३एमपी मेन क्यामरा, २एमपी डेप्थ ९बोके० र २एमपी म्याक्रो क्यामेरा उपलब्ध गराएको छ।
सेल्फीका लागि फोनमा ८एमपी क्षमता सहितको फ्रण्ट क्यामरा पनि दिइएको छ।
उक्त फोन क्रिस्टल ब्ल्याक, पर्ल ब्ल्यू र स्पेस सिल्भर गरी तीन रंगमा उपलब्ध छ। गोपनियताका लागि सुरक्षार्थ फेस र साइड फिंगरप्रिन्ट रिकग्निशन सुविधा पनि दिइएको छ।
ब्याट्रीलाई फुल चार्ज गरिसकेपछि ३४ घण्टाको कल टाइम वा २१।०२ घण्टा यूट्यूब भिडियो प्लेब्याकको मज्जा लिन सकिन्छ।ए१६मा ३जिबी र्याम र ३२जिबी रोम छ। साथै, अतिरिक्त सञ्चय क्षमताको आवश्यकता परेमा २५६जीबी सम्मको एसडी कार्डको सुविधा उपलब्ध छ।
कम्पनीका अनुसार ओपो ए१६ अगष्ट महिनाको २९ तारिकदेखि नै नेपाली बजारमा उपलब्ध भइसकेको छ। यसको मूल्य १८ हजार नौ सय ९० रुपैयाँ निर्धारण गरिएको छ। यो फोन नेपालभर रहेका ओपोका प्रमुख विक्रि केन्द्रहरु मार्फत सहजै खरिद गर्न सकिन्छ।