विभिन्न सञ्चार माध्यममा प्रकाशित ‘क्लासिक टेकको बिराटनगर कार्यालयमा सेवाग्राहीद्वारा तालाबन्दी' लगायतका विभिन्न शिर्षकमा प्रकाशित समचारप्रती इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) को गम्भिर ध्यानार्कषण भएको छ।
आइस्पानले यस घटनाबारे सत्य तथ्य बुझ्दा बिना सबुत प्रमाण प्राविधिक समस्यालाई बढवा दिँदै अतिरन्जितरुपमा समाचार प्रकाशन भएको आइस्पानको ठहर छ।
उक्त संचार माध्यमको वेवसाइट क्लासिक टेकमा होस्ट नभएकोले निजको स्वामित्व क्लासिक टेकमामा नभई अन्तै रहेको हुनाले त्यसमा पहुँच वा नियन्त्रण क्लासिक टेकसँग हुनु असम्भव भएको विज्ञप्तिमा उल्लेख छ।
जनतालाई सूचना प्रवाह गर्ने सम्मानित संचारमाध्यमले कुनै एक संस्थाप्रती पूर्वग्राही भएर लागेको भेटिएकोले यस्ता अतिरन्जित कुरा प्रति नलागी सूचनाको हक बिपरितको कार्य नगर्न आइस्पानले अपिल गरेको छ।
नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल सरकार, सम्मानित अदालतको निर्णय बिना कुनै पनि इन्टरनेट सेवा प्रदायकले संचार माध्यमलाई कहिँ कतै पनि प्रतिबन्ध लगाउने अधिकार नरहेको आइस्पानले जानकारी दिएको छ।