नेपाल टेलिकमका मोबाइल नम्बरमा विदेशबाट मिस्डकल आउँदा पैसा काटिने, बोलेको पनि केही नसुनिने समस्या देखिएको छ।
साथै कम्पनीको मोबाइल सेवाका ग्राहकहरुको मोबाइलबाट अटो डायल हुने र डायल भएका ग्राहकको मोबाइलमा कल लग नदेखिने लगायत समस्या समेत देखिएको छ।
यस्ता घटना ग्राहकको मोबाइलमा रहेका कुनै एप वा वेबसाइटको माध्यमबाट हुनसक्ने भएकाले मोबाइलमा रहेका शंकास्पद एपहरु हटाउन टेलिकमले आग्रह गरेको छ।
कुनै एप तथा वेबसाइटमार्फत हुनसक्ने यस्ता अनधिकृत कार्यका सम्बन्धमा आवश्यक विश्लेषण भइरहेको टेलिकमले उल्लेख गरेको छ।
अनधिकृत र अनावश्यक कल हुनसक्ने अवस्थाबाट बच्नका लागि आफैँ पनि सतर्क हुनुपर्ने टेलिकमको भनाई छ।
कम्पनीले उपलब्ध गराउने लकिङ कोड प्रयोग गरी आवश्यक परेको समयमा आइएसडी सेवा खोली कल गर्ने र आवश्यक नहुने समयमा सो सेवा पुनः बन्द गर्न सकिने विकल्प प्रयोग गर्न सुझाएको छ।