तपाईं सस्तो मूल्यमा राम्रो क्यामरा गुणस्तर र गेमिङ फोन किन्न खोजिरहनु भएको छ भने सामसङ ग्यालेक्सी एम–३२ उपयुक्त रोजाइ हुनसक्छ।
सामसङले दुई महिनाअघि नेपाली बजारमा ग्यालेक्सी एम–३२ सार्वजनिक गरेको थियो। कम्पनीले आफ्नो एम सिरिज स्मार्टफोनअन्तर्गत यो फोन ल्याएको हो। आज हामी यही स्मार्टफोनका फिचरबारे कुरा गर्दैछौं।
सुरूमा फोनको बाहिरी आवरण हेरौं। यो फोनको अगाडि भाग ग्लासले बनेको छ। पछाडि भाग र फ्रेम भने प्लास्टिकको छ, जुन निकै स्मुथ टेक्स्चरको छ। फोनको दायाँतिर भोल्युम अप–डाउन र पावर बटन छ। बायाँतिर सिम स्लट देख्न सक्छौं। पछाडि भने चारवटा क्यामरा छ, जसबारे हामी एकैछिनमा भन्ने छौं।
ग्यालेक्सी एम–३२ विशेषगरी रातदिन मोबाइलमा गेम खेल्ने, फिल्म हेर्ने र सामाजिक सञ्जाल चलाउने प्रयोगकर्तालाई ध्यानमा राखेर बनाइएको छ।
यसमा ६.४ इन्चको एफएचडी प्लस सुपरएमोलेड डिस्प्ले सहित ९० हर्जको रिफ्रेस रेट छ। जसले गर्दा फोनमा मोसन ब्लर हुने समस्या कम हुन्छ र प्रयोगकर्ताले सिनेमेटिक भ्युइङ अनुभव लिन सक्छन्। भिडिओ कल गर्न र अनलाइन कक्षा लिन पनि कुनै रोकावट हुने छैन।
यसमा भएको ८०० निट्सको स्क्रिन ब्राइटनेसले ग्यालेक्सी एम–३२ लाई एम सिरिजको सबैभन्दा ब्राइट र पावरफुल डिस्प्ले भएको स्मार्टफोन बनाउँछ। बाहिर चर्को घाम छ भने स्क्रिन मज्जाले ब्राइट बनाएर फोन सजिलै चलाउन सकिन्छ।
अब कुरा गरौं यसको क्यामराबारे।
ग्यालेक्सी एम–३२ मा चारवटा क्यामरा छ भनेर हामीले अघि नै उल्लेख गरेको थियौं। यसमा भएको मुख्य क्यामरा ६४ मेगापिक्सलको छ। यसैगरी यसमा ८ मेगापिक्सलको अल्ट्रा–वाइड क्यामरा, २ मेगापिक्सलको म्याक्रो लेन्स र २ मेगापिक्सलको डेप्थ सेन्सर छ। यी क्यामराबाट उत्कृष्ट क्लोजअप सट तथा ल्यान्डस्केप सटहरु खिच्न सक्छौं।
फोनको अगाडिपट्टि भने २० मेगापिक्सलको सेल्फी क्यामरा छ। जसबाट हामीले ब्राइट र क्लियर सेल्फीहरू खिचेका छौं।
यस्तो उत्कृष्ट क्यामरा फिचर भएपछि हामीले टन्न फोटोहरू त पक्कै खिच्छौं। तर फोनमा स्टोरेजको कमी होला भन्ने चिन्ता लिनु पर्दैन। ग्यालेक्सी एम–३२ चार जिबी र्याममा ६४ जिबी इन्टरनल स्टोरेज र ६ जिबी र्याममा १२८ जिबी इन्टरनल स्टोरेजका साथ उपलब्ध छ।
ग्यालेक्सी एम–३२ एड्भान्स्ड अक्टा–कोर मिडियाटेक हेलियो जी–८० प्रोसेसरले बनेको छ। यसले गर्दा हामीले फोनमा उत्कृष्ट पावरफुल पफर्मेन्स र स्मुथ मल्टिटास्किङ अनुभव लिन सक्छौं।
यो फोनमा ६००० एमएएचको ब्याट्री छ। हामीले धेरै समय मोबाइल चलाउँदा पनि ब्याट्री चाँडै नसकिने कम्पनीको दाबी छ। साथै फोन २५ वाट पावरको चार्जर र १५ वाटको इन–बक्स फास्ट चार्जरसहित आउने भएकाले घरीघरी चार्ज गरिरहनु पर्ने झन्झट पनि हुँदैन।
बजारमा ग्यालेक्सी एम–३२ ब्ल्याक, लाइट ब्लु र ह्वाइट, अर्थात् कालो, निलो र सेतो रङमा उपलब्ध छ।
यसको मूल्यबारे कुरा गर्दा ४ जिबी र्याम र ६४ जिबी इन्टरनल स्टोरेज भएको ग्यालेक्सी एम–३२ को २४ हजार ९ सय ९९ रूपैयाँ तोकिएको छ।
यसैगरी ६ जिबी र्याम र १२८ जिबी इन्टरनल स्टोरेज भएको मोडलको मूल्य २७ हजार ९ सय ९९ रूपैयाँ छ।