नेपाल पेमेन्ट सोलुसनले सिटी एक्सप्रेस मनी ट्रान्स्फरसँग सहकार्य गरेर रेमिट्यान्स वालेट ट्रान्सफरका लागि प्लेटफर्म सार्वजनिक गरेको छ।
यस कार्यका लागि नेपाल पेमेन्ट सोलुसन चिफ एक्सपेरियन्स अधिकृत प्रताप श्रेष्ठ र सिटी एक्सप्रेसका चिफ बिजनेश अफिसर श्याम लामिछानेले आ–आफ्नो संस्थाको तर्फबाट सम्झौतामा हस्ताक्षर गरेका हुन्।
यो प्रणालीले सेवाग्राहीलाई डिजिटल रेमिट्यान्सको प्रविधि प्रदान गर्ने र भौतिक रेमिट्यान्स भन्दा धेरै सहज, छिटो र सुरक्षित हुने बताइएको छ। यो एक कस्टोमाइज गरिएको वित्तिय समाधान हो।
कम्पनीका अनुसार यसले भौतिक तथा पुरानो रेमिट्यान्स प्रणालीलाई समेत आधुनिक प्रणालिमा जोडिदिने गर्दछ।
यो प्रक्रियाले धेरै छिट्टो रकम पठाउन सकिन्छ।विद्युतिय रेमिट्यान्स कारोबारले पैसा पठाउने र पाउने कार्य एकैसाथ हुने गर्दछ। डिजिटल वालेटको विभिन्न फाइदाहरु पनि उपयोग गर्न पाइनेछ।
नेपाल पेमेन्ट सोलुसन एक भुक्तानी प्रणाली एग्रीगेटर हो। जसले विशेषगरी बैंक तथा वित्तिय संस्थाहरु, रेमिट्यान्स कम्पनीहरु र व्यवसायिक क्षेत्रहरुमा केन्द्रित रहेर काम गर्ने गर्दछ।