भाइबरले ‘भाइबर लेन्स फिचर’ आफ्नो मेसेजिङ प्लेटफर्ममा सुरु गरेको छ। गत बिहीबार एक भर्चुअल समारोहमार्फत् उक्त सेवाको सुरु गरिएको हो।
यो फिचर नेपाल, भिएतनाम र फिलिपिन्ससहित एपिएसी क्षेत्रमा पहिलोपटक सुरुवात गरिएका कम्पनीको भनाइ छ।
भाइबर लेन्स फिचर स्न्याप आइएनसीको सहकार्य तथा स्न्यापको क्यामरा किट, क्रियटिभ किट र अनुकुलन–योग्य बिटमोजीलाई भाइबर एपमा एकिकरण गरेर तयार पारिएको छ।
यस फिचरबाट प्रयोगकर्ताहरुले एआरबाट पावर गरिएको फोटो र भिडियो मेसेजहरु मार्फत रमाइलो र अन्तक्रियात्मक संवादहरु गर्न सक्छन्।
प्रवर्तन समारोहमा भाइबरका २० विभिन्न लेन्सहरु समावेश छन्। जसमा गायक तथा गीतकार स्वप्न सुमन र कोकाकोलाका लेन्सहरु समावेश गरिएका छन्।
कम्पनीले कम्तिमा पनि २० वटा लेन्सहरु हरेक महिना थप गर्दै लैजाने योजना रहेको घोषणा गरेको छ। व्यापारिक संस्थानहरुले भाइबरमा आफ्ना मौलिक लेन्सहरु समेत सिर्जना गर्ने अवसर पाउने छन्।
नेपालमा भाइबर लेन्सहरु आइओएस (भाइबार भर्सजन १५.५.५ देखि माथिका) मा र एन्ड्रोइड (भाइबार भर्सन १५.८.०.१५ देखि माथिका) मा उपलब्ध छन्। लोकल लेन्सहरु भाइबर भर्सजन १६.० बाट सुरु भएर माथि सबैमा उपलब्ध छन्।
नयाँ भाइबर फिचरमा ध्यान आकृष्ट गर्ने फिल्टरहरु, रमाइला मास्कहरु, सौन्दर्ययुक्त फिचरहरु र अनुकुलन–योग्य बिटमोजी क्यारेक्टर लगायत हुनेछन्।
भाइबर प्रयोगकर्ताहरुले क्यामरा आइकन ट्याप गरेर सहजै आफ्ना फोटो तथा भिडियोहरुमा भएका लेन्स चलाएर यी फिचरहरु प्रयोग गर्न सक्छन्।
नेपाल र भुटानका लागि कोकाकोलाकाको देश निर्देशक आदर्श अवस्थीले कोकाकोला र भाइबरको सहर्कायमा अद्वितीय, रमाइलो र प्रासंगिक लेन्सहरु ल्याउन लागेको बताएको छ।