चिनियाँ स्मार्टफोन कम्पनी साओमीले आफ्नै स्मार्टचस्मा उत्पादन गरेको छ।
इन्ग्याजेटका अनुसार साओमीले फेसबुकलाई टक्कर दिँदै स्मार्ट चस्मा सार्वजनिक गरेको हो। यो स्मार्ट चस्माबाट फोटो खिच्न मात्र नभई मेसेज र नोटिफिकेसन हेर्न, फोन गर्न, लोकेसन नेभिगेट गर्न र आफनै आँखा अगाडि शब्दहरु अनुवाद गर्ने सक्छ।
साथै यो चस्मामा एउटा इन्डिकेटर लाइट छ जसले ५ मेगापिक्सलको क्यामरा प्रयोग भएको बेला चस्माको डिस्प्लेबाट पनि देख्न सकिन्छ।
क्वाड–कोर एआरआम प्रोसेसरले बनेको साओमीको स्मार्टचस्मा अन्ड्रोइड सफ्टवेयरमा चल्छ। यसमा माइक्रोएइडी इमेजिङ टेक्नोलोजी प्रयोग भएको छ। यसले गर्दा चस्मामा देखिने फोटो रंगिन नआउने इन्ग्याजेटले जनाएको छ।
यो चस्माबाट प्रयोगकर्ताले आफुलाई कसले फोन गरिरहेको छ भनेर देख्न सक्छन् र स्मार्टचस्मामा भएको माइक र स्पिकरबाट फोन उठाएर बोल्न र सुन्न पनि सकिन्छ।
साओमीले हालसम्म आफ्नो नयाँ स्मार्टचस्माको मूल्य र सार्वजनिक मितिको जानकारी भने खुलाएको छैन।