चिनियाँ स्मार्टफोन कम्पनी साओमीले आफ्नो उत्पादनमा नयाँ स्मार्टफोन थपेको छ। बुधबार साओमीले दुई नयाँ स्मार्टफोन ‘साओमी ११–टी’ र ‘साओमी ११–टी प्रो’ सार्वजनिक गरेको हो। यी फोनमा सिनेमेटिक अनुभव दिने र यसमा थुप्रै फोटो तथा भिडियोका फिचर रहेको कम्पनीको भनाइ छ।
‘साओमी ११–टी’मा ६.६७ इन्चको फ्ल्याट एमोलेड डिस्प्ले छ, जसमा ९० हर्जको रिफ्रेस रेट छ। यो फोनमा तीनवटा क्यामरा छ।
यसको मूख्य क्यामरा १०८ मेगापिक्सलको छ भने ८ मेगापिक्सलको अल्ट्रा–वाइड क्यामरा र ५ मेगापिक्सलको टेलिम्याक्रो क्यामरा छ। यसको अगाडि भने १६ मेगापिक्सलको सेल्फी क्यामरा छ।
अक्टा–कोर मिडियाटेक डाइमेनसिटी १२००–अल्ट्रा एसओसी प्रोसेसर भएको ‘साओमी ११–टी’मा ८ जिबी र र २५६ जिबी आन्तरिक स्टोरेज छ। यो फोनमा पाँच हजार एमएएचको ब्याट्री छ, जसलाई ६७ वाटको साओमी टुर्बो चार्जिङले समर्थन गर्छ।
ग्याजेट ३६०का अनुसार ८ जिबी र्याममा १२८ जिबी आन्तरिक स्टोरेज भएको ‘साओमी ११–टी’को मूल्य ४३ हजार तीन सय भारु पर्छ। ८ जिबी र्याममा २५६ जिबी आन्तरिक स्टोरेज भएको मोडलको मूल्य भने ४७ हजार सात सय भारु तोकिएको छ।
यसैगरी ६.६७ इन्चको फ्ल्याट एमोलेड ट्रु–कलर डिस्प्ले भएको ‘साओमी ११–टी प्रो’मा १२० हर्जको रिफ्रेस रेट छ। यो फोनमा पनि तीनवटा क्यामरा छ, जसमा १०८ मेगापिक्सलको मूख्य क्यामरा, ८ मेगापिक्सलको अल्ट्रा–वाइड क्यामरा र ५ मेगापिक्सलको टेलिम्याक्रो क्यामरा छ। यसको अगाडि भने १६ मेगापिक्सलको सेल्फी क्यामरा छ।
अक्टा–कोर क्वालकम स्न्याप्ड्रैगन ८८८ एसओसी प्रोसेसर भएको ‘साओमी ११–टी प्रो’मा १२ जिबी र्याम र २५६ जिबी आन्तरिक स्टोरेज छ। यो फोनमा भएको पाँच हजार एमएएचको ब्याट्रीलाई १२० वाटको साओमी हाइपरचार्ज फास्ट चार्जिङले समर्थन गर्छ।
१२ जिबी र्याममा २५६ जिबी आन्तरिक स्टोरेज भएको ‘साओमी ११–टी प्रो’को मूल्य ६५ हजार भारु रहेको ग्याजेट ३६०ले जनाएको छ।