साओमीले भारतीय बजारमा आफ्नो नयाँ स्मार्टफोन ‘साओमी ११ लाइट एनइ ५–जी’ चाँडै ल्याउने तयारी गरेको छ।
कम्पनीले विश्वभर यो फोन सार्वजनिक गरिसकेको छ र अब भने यो भारतमा पनि आउने भएको हो।
साओमीले यही सेप्टेम्बर २९ मा भारतमा ‘साओमी ११ लाइट एनइ ५–जी’ सार्वजनिक गर्ने बताएको थियो, तर स्मार्टफोन बजारमा आउनुअघि नै इन्टरनेटमा यसका फिचर र मूल्यबारे जानकारी लिक भइसकेको ग्याजेट ३६० ले जनाएको छ।
६.५५ इन्चको फुल एचडी प्लस फ्ल्याट एमोलेड ट्रु-कलर डिस्प्ले भएको ‘साओमी ११ लाइट एनइ ५–जी’मा ९० हर्जको रिफ्रेस रेट छ।
यो फोनमा तीनवटा क्यामरा छ, जसमा ६४ मेगापिक्सलको मुख्य क्यामरा, ८ मेगापिक्सलको अल्ट्रा–वाइड सुटर र ५ मेगापिक्सलको टेलिम्याक्रो सुटर छ।
यो स्मार्टफोनमा क्वालकम स्न्याप ड्रैगन ७७८–जी एसओसी प्रोसेसर छ। साथै ८ जिबी र्याम भएको यो फोनमा २५६ जिबी आन्तरिक स्टोरेज पाउन सकिन्छ।
४ हजार २ सय ५० एमएएच ब्याट्री भएको ‘साओमी ११ लाइट एनइ ५–जी’मा ३३ वाटको फास्ट चार्जिङ सुविधा छ। साथै यसमा साइड-माउन्टेड फिंगरप्रिन्ट सेन्सर र डुअल स्पिकर छ।
ग्याजेट ३६०का अनुसार ‘साओमी ११ लाइट एनइ ५–जी’ तीनवटा स्टोरेज विकल्पका साथ आउनेछ। ६ जिबी र्याममा १२८ जिबी आन्तरिक स्टोरेज भएको मोडलको मूल्य ३० हजार ३ सय भारु हुनेछ। ८ जिबी र्याममा १२८ जिबी आन्तरिक स्टोरेज भएको मोडलको मूल्य ३४ हजार ६ सय भारु हुनेछ।
८ जिबी र्याममा २५६ जिबी आन्तरिक स्टोरेज भएको मोडलको मूल्य भने कति हुन्छ भन्ने जानकारी हालसम्म आएको छैन।