आइसफल टेक्नोलोजिजले नेपाली बजारमा गोप्रो हिरो टेन ब्ल्याक एक्सन क्यामेरा सार्वजनिक गरेको छ।
हिरो नाइन ब्ल्याकको सफलतापछि कम्पनीले गत शुक्रबार हिरो टेन ब्ल्याक सार्वजनिक गरेको हो।
जिपिटू प्रोसेसरमा आधारित यो क्यामेरा छिटो र प्रयोग गर्न सहज हुने कम्पनीले दाबी गरेको छ। क्यामेराले प्रति सेकेन्ड ६० फ्रेमसम्म ५.३ केको उत्कृष्ट गुणस्तरको भिडिओ खिच्न सक्छ।
साथै यो क्यामेराबाट २३ मेगापिक्सलको तस्वीर पनि लिन सकिन्छ।
हिरो टेन ब्ल्याक क्यामेरामा हाइपरस्मुथ ४.० स्टेबलाइजेसन फिचर छ। जसबाट भिडिओ स्टेबल गर्न सकिन्छ। यो वाटरप्रुफ डिजाइन उत्कृष्ट र टिकाउसमेत छ।
थुप्रै नयाँ अपग्रेडसहित सार्वजनिक यो क्यामेराले राम्रो नेपाली बजार पाउनेमा कम्पनी विश्वस्त छ।
सन् २०१० मा स्थापना भएको आइसफल टेक्नोलोजिज गोप्रोका लागि नेपालको एक मात्र आधिकारिक वितरक हो।
नयाँ सुविधाहरूका कारण गोप्रो हिरो टेन ब्ल्याक अन्य एक्सन क्यामेराभन्दा अलग र अझ राम्रो भएको हुनाले साइकल तथा मोटरसाइकल यात्री, पर्वतारोही, ब्लगर्स र अन्य सिर्जनात्मक व्यक्तित्वहरूले मन-मोहक दृश्य कैद गर्न उपयुक्त हुनेछ।
नयाँ गोप्रो हिरो टेन ब्ल्याक एक्सन क्यामरा फिचरहरूः
जिपिटू प्रोसेसर – दुई गुणा बढीको स्पिड
हाइपरस्मुथ ४.०
२३ मेगापिक्सल सेन्सर
६० फ्रेम प्रति सेकेन्डको दरमा ५.३ के भिडिओ
१२० फ्रेम प्रति सेकेन्डको दरमा फोर के भिडिओ
३३ फिटसम्म वाटरप्रुफ