शाओमी ग्लोबल टेक्नोलोजी लिडरले आफ्नो पहिलो ५० एमपीको स्मार्टफोन रेड्मी १० प्राइम र रेड्मी इयरबड्स ३ प्रो नेपालमा लन्च गरेको छ। रेडमी १० प्राइम मिडियाटेक हेलियो जी ८८ चिपसेटको साथ बजारमा भित्रिएको छ।
यसले ९० हट्रजको ६.५ इन्चको एफएचडी प्लस एडप्टिभ सिन्क डिस्प्ले दिएको छ। पातलो डिजाइनको साथ यसमा ६००० एमएएचको दुई दिने ब्याट्री उपलब्ध गराएको छ।
फोनमा कम्पनीले मेमोरी बढाउन सक्ने सुविधा समेत प्रदान गरेको छ। जसले प्रयोगकर्ताहरुलाई अस्थायी रूपमा २ जिबीसम्मको र्याम स्टोरेजमा स्टोर गर्न सहयोग गर्छ।
यो फोनले कन्टेन्ट क्रिएटर, स्ट्रिमिङ गर्न उत्साही, विद्यार्थी र मोबाइल गेमरहरुको लागि विशेष अनुभव दिने कम्पनीले जनाएको छ।
'रेड्मीप्रति ग्राहकहरुको विश्वासले टीमलाई इनोभेसनको मामिलामा उच्च मापदण्ड सेट गर्न सहयोग पुर्याएको छ। रेड्मी सिरिजलाई देशकै सबैभन्दा धेरै बिक्री हुने स्मार्टफोन सिरिज मध्येको एक हुन सफल बनाएको छ', रेडमी १० प्राइमको लन्चसँगै लन्चबारे शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने।
रेडमी १० प्राइम
रेडमी १० प्राइमले ५० मेगापिक्सल अल्ट्रा हाई रिजोलुसन मेन क्यामरा समावेस गरेको छ। साथै ८ मेगापिक्सलको अल्ट्रा वाइड क्यामरा, २ मेगापिक्सलको म्याक्रो क्यामरा र २ मेगापिक्सलको डेप्थ सेन्सर छ।
नाइट मोड वा प्रो कलर मोडका साथ प्रयोगकर्ताले ब्राइटनेसलाई बढाउन सक्छन्। र फोटोलाई रंगीन बनाउन थोरै स्याचुरेसन बढाउन सक्छन्।
विभिन्न अन्य सुविधाहरु जस्तैः स्काई मोड, क्लाईड स्कोप मोड, सर्ट भिडियो फिल्टर मोड लगायत प्रयोगकर्ताले आवश्यकता अनुसार प्रयोग गर्न सक्छन्।
कम्पनीकाअनुसार रेडमी १० प्राइम ६००० एमएएच ब्याट्रीको साथ उपलब्ध छ। जुन नियमित काम गर्ने परिस्थिती अनुसार सजिलै दुई दिनसम्म टिक्न सक्छ। यस्तो ब्याट्री हुँदाहुँदै पनि यो एक ह्यान्ड–इन फिलमा पातलो डिजाइनमा आउँछ। यो स्मार्टफोन मात्र १९२ ग्रामको रहेको हुँदा प्रयोग गर्न र खल्तीमा बोक्न सहज हुनेछ।
यो स्मार्टफोन ३ वटा रंगहरुमा उपलब्ध छ। एलिगेन्ट बन्चको लागि फ्यान्टम ब्ल्याक, मिनिमलिस्टको लागि एस्ट्रल व्हाइट र विशेष रंग चाहने प्रयोगकर्ताहरुको लागि बिफ्रोस्ट ब्लू।
यसलाई ३.५ मिलिमिटरको अडियो ज्याक, साइड माउन्ट गरिएको फिन्गरप्रिन्ट स्क्यानर र आइआर ब्लास्टरसँग ल्याइएको छ। यो एक ४ जी फोन भएकाले ४जीको नेटवर्कलाई सर्पोट गर्दछ।
रेड्मी १० प्राइम दुईवटा भेरियन्टमा पाइने छ। ४ जिबी प्लस ६४ जिबी (१ जिबीले बढाउन सकिने र्याम ) नेपाली २० हजार ९ सय ९९ रुपैयाँ र ६ जिबी प्लस १२८ जिबी र्याम (२ जिबीले बढाउन सकिने र्याम) नेपाली २३ हजार ९ सय ९९ रुपैयाँमा उपलब्ध हुनेछ।