एप्पलले एकैपटक आइफोन, एप्पल वाच र एयरपड चार्ज गर्न मिल्ने चार्जर सेट ल्याएको छ।
'म्यागसेफ वायरलेस चार्जिङ स्टेसन' नाम दिइएको एउटा चार्जिङ स्टेसनमा तीनवटा फोल्डएबल म्यागस्टेक (चार्जिङ प्याड्स) का साथै फ्लोटिङ स्ट्यान्ड समावेश छ। यसमार्फत् एप्पलका डिभाइस र एन्ड्रोइड फोन एउटै समयमा चार्ज गर्न सकिने सूचना-प्रविधिबारे लेख्ने सञ्चारमाध्यम इन्ग्याजेटले जनाएको छ।
यो चार्जरमा तार हुँदैन।
‘थ्री इन वान’ वायरलेस चार्जिङ स्टेसन छुट्टाछुट्टै गरी तीन पटक फोल्ड गरिएको हुन्छ। पर्सजस्तै फोल्ड गरिने यो डिजाइनको चार्जरलाई एक इन्चको फरकमा पट्याएर राख्न सकिनेछ।
यसलाई जुनसुकै ठाउँमा सजिलै राख्न सकिन्छ। यो स्टेसनलाई फैलाएर सबै प्लगमा आफ्ना उपकरण जोडेर सबैको पावर अन गर्न सकिन्छ। यसलाई स्ट्यान्ड प्रयोग गरेर त्रिभुज आकारमा पनि राख्न सकिन्छ।
यसरी चार्ज गरेकै अवस्थामा भिडिओ कल पनि गर्न सकिने बताइएको छ। उक्त स्ट्यान्डले एप्पल वाच सिरिज एकदेखि ६ सम्म चार्ज गर्न सकिन्छ।
यसमा एप्पलबाहेकका स्मार्टफोनहरू पनि चार्ज गर्न मिल्ने इन्ग्याजेटले लेखेको छ। यो चार्जरलाई आफू लामो यात्रा गर्नुपर्ने अवस्थामा ‘टाइम सेभ’ गरेर समेत राख्न सकिन्छ।