भारतमा ओपोको नयाँ स्मार्टफोन ‘ए–१६’ सार्वजनिक भएको छ। कम्पनीले सोमबार ‘ओपो ए–१६’ भारतीय बजारमा ल्याएको हो।
ग्याजेट ३६०का अनुसार नयाँ ‘ओपो ए–१६’ बजेटमा पर्ने स्मार्टफोन हो। गत वर्ष सार्वजनिक भएको ‘ओपो ए–१५’को सफलतापछि ओपोले यो स्मार्टफोन उत्पादन गरेको हो।
६.५२ इन्चको एचडी प्लस एलसिडी डिस्प्ले भएको ‘ओपो ए–१६’मा आइ कियर मोड छ। यसको तौल जम्मा १९० ग्राम छ।
यो स्मार्टफोनमा तीनवटा क्यामरा छ, जसमा १३ मेगापिक्सलको मुख्य क्यामरा, २ मेगापिक्सलको डेप्थ सेन्सर र २ मेगापिक्सलको म्याक्रो सेन्सर छ। यसको अगाडितिर ८ मेगापिक्सलको सेल्फी क्यामरा छ।
मिडियाटेक हेलियो जी–३५ एसओसी चिपसेट भएको ‘ओपो ए–१६’मा ४ जिबी र्याम र ६४ जिबी आन्तरिक स्टोरेज छ। माइक्रो एसडी कार्ड प्रयोग गरेर यो स्टोरेज २५६ जिबीसम्म बढाउन सकिने ग्याजेट ३६०ले जनाएको छ।
यो स्मार्टफोनमा पाँच हजार एमएएचको ब्याट्री छ, जसमा स्मार्ट ब्याट्री सुरक्षा फिचरपनि पाउन सकिन्छ। आइपिएक्स–४ सर्टिफिकेसन पाएको ‘ओपो ए–१६’मा स्प्ल्यास प्रतिरोधी फोन हो। सुरक्षाको लागि यसमा फेस अनलक फिचर र फिंगरप्रिन्ट स्क्यानर पनि छ।
भारतीय बजारमा ‘ओपो ए–१६’ १३ हजार नौ सय ९० भारु तोकिएको छ।