सामसङले आफ्नो ग्यालेक्सी ए–सिरिजअन्तर्गत नयाँ स्मार्टफोन ल्याउने हल्ला छ।
कम्पनीले अब नयाँ ग्यालेक्सी ए–१३ ५–जी स्मार्टफोन सार्वजनिक गर्ने ग्याजेट ३६०ले जनाएको छ।
ग्यालेक्सी ए–१३ ५–जी सार्वजनिक हुने हल्ला चलेको केही हप्ता भइसक्यो र अब यसका फिचरबारे केही जानकारीहरु इन्टरनेटमा लिक भएको छ।
यो स्मार्टफोन गत वर्ष सार्वजनिक भएको ग्यालेक्सी ए–१३ ५–जीको सफलतापछि बनेको अनुमान छ।
ग्यालेक्सी क्लबका रिर्पोटअनुसार ग्यालेक्सी ए–१३ ५–जी सामसङको सबैभन्दा सस्तो ५–जी स्मार्टफोनमा पर्नेछ। यो फोनमा ५० मेगापिक्सलको मुख्य क्यामरा र पाँच हजार एमएएचको ब्याट्री हुनेछ।
ग्यालेक्सी ए–सिरिजका अन्य स्मार्टफोन ‘ग्यालेक्सी ए–१२’, ‘ग्यालेक्सी ए–२२’, ‘ग्यालेक्सी ए–३२’ र ‘ग्यालेक्सी ए–७२’मा पनि ग्यालेक्सी ए–१३ ५–जीकै जतिको ब्याट्री पावर रहेको ग्याजेट ३६०ले लेखेको छ।
ग्यालेक्सी ए–१३ ५–जी यही वर्षतिर सार्वजनिक हुने भनिएको छ। यसको मूल्य करिब १७ हजार ३ सय भारु पर्ने अनुमान छ।
तर सामसङले भने हालसम्म यसबारे कुनै आधिकारिक जानकारी दिएको छैन।