‘ग्यालेक्सी एफ–२२’ सार्वजनिक भएको केही महिनापछि सामसङले हालै आफ्नो एफ सिरिज स्मार्टफोनअन्तर्गत नयाँ ‘ग्यालेक्सी एफ–४२ ५–जी’ ल्याएको छ।
यो नयाँ स्मार्टफोनका फिचर कम्पनीको पुरानो मोडल ‘ए–२२ ५–जी’ स्मार्टफोन जस्तै रहेको स्रोतको भनाइ छ। ‘ए–२२ ५–जी’ अन्य देशमा सार्वजनिक भएपनि नेपाली बजारमा भने आएको छैन।
‘ग्यालेक्सी एफ–४२ ५–जी’मा ६.६ इन्चको डिस्प्ले छ, जुन टिएफटी एलसीडी प्यानलले बनेको छ। यसमा ९० हर्जको रिफ्रेस रेट छ।
यसमा तीनवटा क्यामरा छ, जसमा ६४ मेगापिक्सलको मुख्य क्यामरा, ५ मेगापिक्सलको अल्ट्रा–वाइड सेन्सर र २ मेगापिक्सलको डेप्थ सेन्सर छ। यसको अगाडितिर भने ८ मेगापिक्सलको सेल्फी क्यामरा छ।
मिडियाटेक डाइमेन्सीटी ७०० ५–जी प्रोसेसर भएको नयाँ ‘ग्यालेक्सी एफ–४२ ५–जी’ ६ जिबी र्याम र ८ जिबी र्याममा आएको छ। यसमा १२८ जिबीको आन्तरिक स्टोरेज छ।
यो स्मार्टफोनमा पाँच हजार एमएएचको ब्याट्री छ। यो ब्याट्रीले जम्मा १५ वाटको चार्जिङ सर्पोट गर्छ। सुरक्षाका लागि यो फोनमा साइड–माउन्टेड फिंगरप्रिन्ट स्क्यानर छ।
बजारमा ‘ग्यालेक्सी एफ–४२ ५–जी’ कालो र निलो गरी दुई रङमा उपलब्ध छ।
६ जिबी र्याम भएको ‘ग्यालेक्सी एफ–४२ ५–जी’को मूल्य ३४ हजार नौ सय ९९ रुपैँया छ। यसैगरी ८ जिबी र्याम भएको मोडलको मूल्य भने ३८ हजार नौ सय ९९ रुपैँया तोकिएको छ।