नेपालमा स्थापित भैरव टेक्नोलोजी विश्वका एमएसएसपी प्रदायकमध्ये १५१औँ स्थानमा पर्न सफल भएको छ। एसियाका उत्कृष्ट १५ मा परेको छ।
सन् २०१८ मा नेपालमा स्थापित भैरव टेक्नोलोजीले स्थापनाकालदेखि नै विभिन्न राष्ट्रिय र बहुराष्ट्रिय कम्पनीहरुलाई उत्कृष्ट साईबर सेक्युरिटी सोलुसनहरु प्रदान गर्दै आएको छ।
यो टेक्नोलोजीले आर्टिफिसियल इन्टेलिजेन्ससहितको एसओसी (सेक्युरिटी अपरेशन्स सेन्टर) को साईबर थे्रट मनिटरिङ सिस्टम (सि.टि.एम्.एस)द्वारा कम्पनीहरुलाई साईबर सुरक्षा प्रदान गर्दछ।
नेपालमै बनेको, र विभिन्न प्रावधानहरुबाट प्रयोगमा ल्याइएको भैरवको ईन–बिल्ट सफ्टवेयर भैरव सिटिएमएसले आर्टिफिसियल इन्टेलिजेन्स, थे्रट इन्टेलिजेन्स र ह्युमन इन्टेलिजेन्स (साईबर सेक्युरिटी एनलिस्टहरुको समुह) को संयोजनबाट कम्पनीहरुको गोप्य सेक्युरिटी पद्धति र पहिचानलाई ध्यानमा राखेर २४सै घण्टा ग्राहक कम्पनीहरुलाई उच्चस्तरीय साइबर सुरक्षा दिदैं आएको छ।
भैरवले आवासीय र गैरआवासीय कम्पनीहरुसँग साझेदारी गरी विविध सेवाहरु, जस्तै भि.ए–पि.टी (भल्नरेबिलिटी असेसमेन्ट – पेनिट्रेशन टेस्टिङ), व्यवस्थित जि.आर.सी सेवा, इन्र्पmमेसन सिस्टम अडिट, साईबर सेक्युरिटीको जानकारी, र विविध सेवासुविधाहरु प्रभावशाली रुपमा प्रदान गर्दछ।
यसैगरी, अधिक आर. ओ. आई (रिर्टन अफ इन्भेस्टमेन्ट), निम्न परिचालन लागत, र अन्य व्यापारिक लाभार्थहरु पनि यस कम्पनीले प्रदान गर्दछ।
यसकारण, नेपालका विभिन्न “क” वर्गका वित्तिय संस्थालगायत आइ.टी कम्पनीहरुले भैरवको साईबर सेक्युरिटीको सेवासुविधाहरु प्रयोग गरिरहेको कम्पनीको भनाइ छ।