सामसङले ए सिरिज अन्तर्गत नयाँ ग्यालेक्सी–ए०३एस नेपाली बजारमा ल्याएको छ। यसमा ६.५ इन्च इन्फिनिटी–भी डिस्प्ले छ। स्पष्ट फोटो खिच्नका लागि तीन वटा क्यामरा जडान गरिएको छ।
१३ मेगापिक्सलको मुख्य क्यामराले अझै गुणस्तरीय फोटो तथा भिडियोहरु निकाल्न सकिने कम्पनीको भनाइ छ। २ मेगा पिक्सलको माइक्रो लेन्स र २ मेगा पिक्सलको डेप्थ क्यामराले स्पष्ट फोटो निकाल्न मद्दत गर्छ।
यो फोनमा ५०००एमएएचको ब्याट्री उपल्ब्ध छ। जसले अतिरिक्त पावर प्रदान गरी कम समयमा चार्ज हुन्छ। अधिक समयमा टिकाउने क्षमता समेत राख्ने कम्पनीले बताएको छ।
अक्टा कोर प्रोसेसरका कारण फोनमा धेरै काम गर्न सकिन्छ। फोनको साइडमा भएको फिङ्गगर प्रिन्ट सेन्सरलगायतका थुप्रै विशेषताहरु छन्।
ग्यालेक्सी–ए०३एस ३/४ जिबी र्याम र ३२/६४ जिबी स्टोरेज छ। ३जिबी र्याम र ३२ जिबी स्टोरेज भएको फोनको १५ हजार ४ सय ९९ मूल्य तोकिएको छ। त्यसैगरी, ४जिबी र्याम र ६४ जिबी स्टोरेज भएको फोनको १६ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ।
फोन तीन रंगमा उपलब्ध छः कालो, नीलो र सेतो। कम्पनीकाअनुसार सामसङका नेपालभर रहेका रिटेल नेटवर्क मार्फत सहजै खरिद गर्न सकिने छ।