भारतीय बजारमा नयाँ स्मार्टफोन ‘साओमी ११ लाइट ५–जी एनइ’ सार्वजनिक भएको छ। यो फोन केही हप्ताअघि विदेशी बजारमा सार्वजनिक भएको थियो र हालै भारतमा पनि आएको हो।
६.५ इन्चको फुल एचडी प्लस एमोलेड ट्रु–कलर डिस्प्ले भएको ‘साओमी ११ लाइट ५–जी एनइ’मा ९० हर्जको रिफ्रेस रेट छ।
यो फोनमा तीनवटा क्यामरा छ, जसमा ६४ मेगापिक्सलको मुख्य क्यामरा, ८ मेगापिक्सलको अल्ट्रा–वाइड सुटर र ५ मेगापिक्सलको टेलिम्याक्रो सुटर छ। यसको अगाडितिर भने २० मेगापिक्सलको सेल्फी क्यामरा छ।
‘साओमी ११ लाइट ५–जी एनइ’मा अक्टाकोर क्वालकम स्न्यापड्रैगन ७७८जी एसओसी चिपसेट छ। यसमा ८ जिबी र्याम र २५६ जिबीसम्मको आन्तरिक स्टोरेज पाउन सकिन्छ।
यो स्मार्टफोनमा भएको चार हजार दुई सय पचास एमएएचको ब्याट्रीले ३३ वाट फास्ट चार्जिङ समर्थन गर्ने ग्याजेट ३६०ले जनाएको छ। सुरक्षाका लागि यसमा साइड–माउन्टेड फिंगरप्रिन्ट स्क्यानरपनि छ।
६ जिबी र्याममा १२८ जिबी आन्तरिक स्टोरेज भएको नयाँ ‘साओमी ११ लाइट ५–जी एनइ’को मूल्य तीस हजार तीन सय भारु छ। यसैगरी ८ जिबी र्याममा १२८ जिबी आन्तरिक स्टोरेज भएको मोडलको मूल्य भने ३४ हजार ६ सय भारु तोकिएको छ।