केही समयअघि भारतीय बजारमा दुई नयाँ स्मार्टफोन ‘रेड्मी ९–आइ स्पोर्ट’ र ‘रेड्मी ९–ए स्पोर्ट’ सार्वजनिक भएको थियो। ‘रेड्मी ९ एक्टिभ’ सार्वजनिक भएपछि कम्पनीले यी दुई स्मार्टफोन ल्याएको हो।
‘रेड्मी ९–आइ स्पोर्ट’मा ६.५३ इन्चको एचडी प्लस डिस्प्ले छ। यो फोनमा एउटा मात्र क्यामरा छ, जुन १३ मेगापिक्सलको छ। अगाडितिर भने ५ मेगापिक्सलको सेल्फी क्यामरा छ।
मिडियाटेक हेलियो जी–२५ एसओसी प्रोसेसर भएको यो स्मार्टफोनमा ४ जिबी र्याम र १२८ जिबी आन्तरिक स्टोरेज छ। यो फोनमा भएको पाँच हजार एमएएचको ब्याट्रीले १० वाटको चार्जिङ समर्थन गर्छ।
‘रेड्मी ९–ए स्पोर्ट’मा भने ६.५३ इन्चको एचडी प्लस एलसिडी डिस्प्ले छ। यो फोनमा पनि एउटा मात्र क्यामरा छ, जुन १३ मेगापिक्सलको छ। अगाडितिर ५ मेगापिक्सलको सेल्फी क्यामरा छ।
यो स्मार्टफोनमा अक्टा–कोर मिडियाटेक हेलियो जी–२५ एसओसी प्रोसेसर छ। ३ जिबी र्याम भएको यसमा ३२ जिबी आन्तरिक स्टोरेज पाउन सकिन्छ। साथै यसमा भएको पाँच हजार एमएएचको ब्याट्रीले १० वाटको चार्जिङ समर्थन गर्छ।
४ जिबी र्याममा ६४ जिबी आन्तरिक स्टोरेज भएको ‘रेड्मी ९–आइ स्पोर्ट’को मूल्य ८ हजार सात सय ९९ भारु छ। ४ जिबी र्याममा १२८ जिबी आन्तरिक स्टोरेज भएको मोडलको मूल्य ९ हजार दुई सय ९९ भारु तोकिएको छ।
यसैगरी २ जिबी र्याममा ३२ जिबी आन्तरिक स्टोरेज भएको ‘रेड्मी ९–ए स्पोर्ट’को मूल्य ६ हजार नौ सय ९९ भारु छ। ३ जिबी र्याममा ३२ जिबी आन्तरिक स्टोरेज भएको मोडलको मूल्य भने ७ हजार नौ सय ८८ भारु तोकिएको छ।