मिडिया कम्पनी म्याक्स मिडियाको आयोजनामा ‘म्याक्स मिडिया डिजिटल गुरु’ प्रतियोगिता सुरु भएको छ।
डिजिटल मिडिया सम्बन्धी सम्भवत नेपालकै पहिलो र सबैभन्दा ठूलो यस प्रतियोगिताले डिजिटल मिडियामा विज्ञ व्यक्तिहरुलाई भाग लिन आह्वान गरेको छ।
‘म्याक्स मिडिया डिजिटल गुरु’ प्रतियोगिता सञ्चालन गर्नुको मुख्य उद्देश्य नै डिजिटल मिडियाका विज्ञ व्यक्तिहरुको पहिचान गर्दै उनीहरुलाई व्यक्तिगत एवम् समग्र नेपाली मिडिया उद्योगलाई टेवा पुर्याउनु भएको कम्पनीले बताएको छ।
अहिलेको समयमा हामीले नेपालमा डिजिटल मिडियाको सम्भावना उच्च देखेका छौं, जुन हाम्रो विचार प्रश्तुत गर्ने एउटा सशक्त माध्यम हो।
म्याक्स मिडिया डिजिटल गुरु चुनौति परीक्षण गर्ने लक्ष्य सहित पहिलो पटक प्रस्तुत भएको डिजिटल हेडहण्ट हो जहाँ सहभागिले प्रतियोगिताको नियममा रही आफ्नो रुचीको बिषयमा डिजिटल मिडिया सम्बन्धि सबल प्रस्तुति गर्न दिइने छ।
यसबाट नेपालको डिजिटल मिडियाहरुको उत्थानका लागि एउटा नयाँ अध्ययन शुरु हुने कम्पनीको अपेक्षा रहेको छ।
सिमित घेराभन्दा बाहिर निस्किएर सिक्न र आफ्नो क्षमता बाहिर ल्याउन यो एउटा त्यस्तो अवसर हो जसले पाँच लाख रुपैयाँसम्म पुरस्कार समेत प्राप्त गर्ने छ, कम्पनीले जानकारी दिएको छ।