सामसङले हालै नवीनतम प्रविधियुक्त ग्यालेक्सी ए५२-५जी फोन नेपाली बजारमा ल्याएको छ।
ग्यालेक्सी ए५२ को विरासतलाई आत्मसात गर्दै कम्पनीले थप सुविधाहरू समावेस गरी ग्यालेक्सी ए५२-५जी फोन सार्वजनिक गरेको कम्पनीले जनाएको छ।
६४ मेगापिक्सल क्यामरा १२० हर्ज रिफ्रेस रेटको साथ फोनले ५जी ग्यारेन्टी गर्छ। त्यस्तै भविष्यका लागि तयारी रहेका ग्राहकहरूका लागि यो उपयुक्त छनौट हुने कम्पनीले बताएको छ।
'आम जनतामाझ नवीनतम प्रविधिको पहुँच पुर्याउने कम्पनीको प्रतिबद्धतालाई आत्मसात गर्दै हामीले नेपालमा ग्यालेक्सी ए५२-५जी फोन प्रस्तुत गरेका छौं। विभिन्न सुविधा र विशेषतायुक्त फोन सुलभ मूल्यमा प्राप्त गर्न सकिने हुँदा ग्राहकवर्ग माझ पहिलो छनौटमा पर्ने विश्वास लिएका छौं,' सामसङ मोबाइल नेपालका बिजनेस प्रमुख प्रणय रत्न स्थापितले बताए।