सामसङको ग्यालेक्सी–ए५२एस ५जी फोन नेपाली बजारमा ल्याएको छ। यसमा क्वालकम्स स्न्यापड्रयागन७७८जी प्रोसेसर, क्युआइएसको साथ ६४एमपी क्वाड क्यामरा, १२० एचजेट रिफ्रेस रेटसहित स्यामोलेड डिस्प्ले आइपि६७ छ।
क्युआइएसको सुविधाले कम उज्यालोमा पनि उत्कृष्ट फोटो खिच्न सकिन्छ। यसमा १२ एमपी अल्ट्रा–वाइड क्यामरा तथा ५एमपी म्याक्रो क्यामर र ५एमपी डेप्थ क्यामराहरु छन्।
यो फोनमा ६.५ इन्च एफएचडीप्लस स्क्रिन छ। स्क्रिन बलियो बनाउन गोरिल्ला ग्लास५ प्रयोग गरिएको छ। यसमा ४५००एमएएचको ब्याट्री उपलब्ध छ। यसकारण एकपटक पूरा चार्ज गरेपछि दुइ दिनसम्म चार्ज गर्न नपर्ने कम्पनीको भनाइ छ। २५ वाटको
फास्ट चार्जिङ सुविधाले ३० मिनेटमा फोनको ५० प्रतिशत ब्याट्री चार्ज हुने गर्छ।
यो फोन तीन रंगः ब्ल्याक, मिन्ट र भ्योलेटमा उपलब्ध छ।
फोनमा भएको आइपि६७ का कारण सामान्य धुलो एवं पानीबाट फोनलाई बचाउँन सकिन्छ। ग्यालेक्सी ए५२एस ५जी दुइ भेरिन्टमा पाइन्छ।
६जिबी/१२८जिबी भेरियन्टको ५३ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ। ८जिबी/१२८जिबी भेरियन्टको मूल्य ५५ हजार ९ सय ९९ तोकिएको छ। यो फोन नेपालभर रहेका सामसङका ब्राण्ड स्टोर, तथा रिटेल स्टोरहरुबाट किन्न सकिन्छ।
विशेषाता |
डिस्प्ले | ६.५ एफएचडी/इन्फिनिटी–०,१२०एचजेट |
पर्फमेन्स | क्वालकम स्न्यापड्रयागन७७८जी १२ब्यान्ड्स फइभजी सपोर्ट |
ब्याट्री | ४५००एमएएच, २५डब्लु फास्ट चार्जिङ |
क्यामरा | मेन ६४एमपी/ अल्ट्रा–वाइड १२एमपी/ म्याक्रो ५एमपी/ डेप्थ ५एमपी/ फ्रन्ट ३२एमपी |
स्टोरेज | ६जिबी/१२८जिबी ८जिबी १२८जिबी |
डिजाइन | ब्ल्याक मिन्ट भायोलेट |