एनसेल आजियाटा लिमिटेडले ज्येष्ठ नागरिकका लागि बन्डल अफरहरु सहितको आकर्षक निःशुल्क सिम योजना सञ्चालनमा ल्याएको छ।
अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस २०२१ को अवसरमा गत शुक्रबारबाट सञ्चालनमा ल्याईएको यस योजना अन्तर्गत ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरुले एनसेलको सिम निःशुल्क लिन सक्छन्।
साथै ५० रुपैयाँ वा सो भन्दा बढीको हरेक रिचार्जमा ६ महिनासम्म बोनसका रुपमा पाइने सेवा, सुविधाहरुको फाइदा लिन सक्ने कम्पनीले बताएको छ।
यो योजना अन्तर्गत पहिलो ५० रुपैयाँ वा सो भन्दा बढीको रिचार्जमा ज्येष्ठ नागरिकहरुले १०० एमबी डेटा र १०० वटा अननेट एसएमएस बोनस पाउनेछन्।
त्यस्तै पहिलो रिचार्ज पछि त्यस सिमबाट ज्येष्ठ नागरिकहरुले ६ महिनासम्म विषेश छुटसहितको शुल्कमा भ्वाइस, डेटा र भारत कल सेवा लिन सक्छन्।
ग्राहकले विशेष छुट अन्तर्गत १ रुपैयाँ प्रति मिनेटमा भ्वाइस सेवा, १ रुपैयाँ प्रति एमबीमा डेटा सेवा र १.९९ रुपैयाँ प्रति मिनेटमा भारत कल गर्न सक्छन्।
यसै योजना अन्तर्गत रिचार्जमा पनि बोनसको सुविधा छ। ५० रुपैयाँ देखि ९९ रुपैयाँसम्म रिचार्ज गर्ने ग्राहकले ७ दिनको समयसिमा रहेको २०० एमबी डेटा बोनस स्वरुप पाउनेछन्।
त्यस्तै १०० रुपैयाँ देखि १९९ रुपैयाँसम्म रिचार्ज गर्ने ग्राहकले बोनस बापत ५०० एमबी डेटा पाउँछन्। २०० रुपैयाँ वा सोभन्दा बढी रिचार्ज गर्ने ग्राहकले १ जीबी डेटा बोनस स्वरुप पाउनेछन्। बोनसमा पाइने यी डेटाहरु ७ दिनको लागि मान्य रहन्छ।
ज्येष्ठ नागरिकहरुले आफ्नो नजिकैको एनसेल सेन्टरमा पासपोर्ट साइजको फोटो र नागरिकता लिएर गई सजिलै यो सिम कार्ड लिन र सेवा, सुविधाको प्रयोग गर्न सक्छन्।
यो योजना असोज २२ गते सम्म सञ्चालनमा रहने कम्पनीले बताएको छ।